प्रतिलिटर १७० रुपैयाँमा किन्न नपाएकाहरूको पनि अब इच्छा पुरा हुने, पेट्रोल मूल्यमा १० रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा कायम भएको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार