सुदूरपश्चिम प्रदेश सरकारले ल्याउनुपर्ने बजेटबारे निवर्तमान मन्त्री जोशीको धारणा यस्तो ? (भिडियो)

सुदूरपश्चिम प्रदेश सरकारले ल्याउनुपर्ने बजेटबारे निवर्तमान मन्त्री जोशीको धारणा यस्तो ? (भिडियो)

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारकी निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेकी पूर्णा जोशीले प्रदेश सरकारले रोजगारीको अवसर सृजना, प्रतिव्यक्ति आय बढाउने कुरामा जोड दिनु पर्ने बताएकी छन् । प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक २०७९र८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदैं जोशीले सो कुरा बताएकी हुन् ।

प्रदेशमा लैङ्गिक असामानताका कार्य बढिरहेका उल्लेख गर्दै उनले लैङ्गिकताको सवालमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरिन् ।

कृषि, पर्यटनलाई व्यवसायीकरण गर्ने कार्यमा प्रदेश चुकेको जोशीको भनाइ थियो । ‘कर्णाली पुलमा लाइटिङको व्यवस्थामात्रै गरियो भने राति पानीमा लाइट हेर्नका लागि धेरै पर्यटक भित्रिने र होटल व्यवसाय फष्टाउने छ’, उनले भनिन् ।

प्रदेश सरकारले बनाउन बाँकी रहेका कानून बनाउनु पर्ने र प्रदेशमा बेरोजगारीको अन्त्य तथा रोजगारी सृजना गर्ने कुरामा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार