धनगढीमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न

धनगढीमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न

धनगढी : महिला लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय धनगढी कैलालीको केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा समूहमा आबद्ध महिलाहरू मध्येबाट केन्द्र प्रमुख तथा उप प्रमुखहरूलाई विशेष गरी कर्जा र बचत सम्बन्धी व्यवसाय दर्ता, व्यवसाय योजना, कर्जा सदुपयोगयता, वित्तीय व्यवस्थापन, दोहोरोपना, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तीकरण, लघुवित्तले समाजमा पारेको सकारात्मक भूमिका र बैङ्किङ सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गराउने उद्देश्यले कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो ।

केन्द्र न. १४ का केन्द्र प्रमुख टिका देवी जैसीको सभापतित्वमा उद्घाटन भएको उक्त कार्यक्रममा समूहमा आबद्ध १४० भन्दा बढी महिला सदस्यहरूको सहभागिता रहेको थियो भने प्रमुख अतिथि धनगढी उपनगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश कार्यालय अत्तरिया कैलालीको तर्फबाट सुदूरपश्चिम प्रदेशका सु नि का अधिकृत नारद न्यौपानेको उपस्थिति रहेको थियो । अतिथिमा शाखा कार्यालयका धनगढीका प्रमुख प्रकाश बहादुर चन्द , शाखा कार्यालय हसुलियाका कार्यालय प्रमुख विष्णु चौधरी , धनगढी उपनगरपालिका वडा न ४ का सदस्य भागिराम चौधरी तथा शाखा कार्यालयका कर्मचारीहरू रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै शाखा कार्यालयका प्रमुख चन्दले संस्था बाट गाउँ घरमै प्रदान गरेको वित्तीय साक्षरता र छिटो छरितो बैङ्किङ सेवा बारे खुलेर प्रशंसा गर्नुका साथै थप सेवा सुविधा समेत प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए । उनले भने, सहभागी बाट उठेको जिज्ञासा र लघुवित्तको आगामी कार्यदिशा र सेवा सुविधाका बारेमा संस्थाका शाखा कार्यालयका प्रमुख चन्दले व्याख्या गरेका थिए । उहाँले कार्यक्रमको पृष्ठभूमि , उद्देश्य , शाखा कार्यालय धनगढीको वस्तु स्थिति , योजना र रणनीतिको बारेमा समेत प्रस्ट पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि प्रदेश कार्यालय अत्तरिया कैलालीको तर्फबाट सुदूरपश्चिम प्रदेशका सु नि का अधिकृत नारद न्यौपाने भने , शाखा कार्यालय धनगढी महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको उत्कृष्ट शाखा हो । धनगढीलाई उत्कृष्ट शाखा बनाउन सम्पूर्ण केन्द्रका केन्द्र प्रमुख ,उप प्रमुख तथा महिला सदस्यहरूको महत्त्वपूर्ण भूमिका रहेकोमा धन्यवाद दिए । उनले भने, यस वित्तीय संस्थाबाट सदस्यहरूलाई उद्यमशीलता तर्फ उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न कृषि तथा अन्य व्यवसायका फर्महरूमा अवलोकन भ्रमण गराउने गरिएको छ ।

साथै सदस्यका परिवारलाई समेत देश भित्रका व्यावसायिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउने गरिएको छ । सदस्यहरूको सिपको विकास गरी आयमूलक कार्यमा अग्रसर गराउँदै उद्यमशील बनाउन समय समयमा विभिन्न किसिमको सीपमूलक तालिम सञ्चालन गर्ने गरिएको छ ।संस्थाको नीति तथा सेवामा परिवर्तन भएका कुराहरूको बारेमा जानकारी प्रदान गर्न तथा वित्तीय ज्ञान प्रदान गर्न सदस्य तथा अभिभावकहरूलाई भेला गरी पुनर् ताजगी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि धनगढी उपनगरपालिका वडा न ४ का अध्यक्ष बुद्धि बहादुर खड्काले भने , हामीले महिलाहरूको हकहित र आत्मनिर्भरताका लागी सक्दो सहयोग गएका छौ । महिलाको सहभागिता , विभिन्न कृषि , उत्पादन मूलक योजना वडामा समावेश गरे सम्बोधन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालसम्म संस्थाले ७० वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा कार्य क्षेत्र बिस्तार गरी राष्ट्रको गरिबी निवारणको कार्यक्रममा टेवा पुर्‍याउने उद्देश्य संस्थाको रहेको छ । साथै उत्कृष्ट प्रमुख ५ जना , अनुशासनमा १ जना , उत्कृष्ट बचतकर्ता १ जनालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

यस वित्तीय संस्थाले देशै भरी समूहमा आबद्ध सबै क्षेत्र र वर्गका साना तथा मझौला ब्यपारी, कृषक तथा व्यवसायीहरू लाई प्रोत्साहन सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ । कार्यक्रम सञ्चालन शाखा कार्यालयका कर्मचारी दीपकराज जोशीले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार