सुदूरपश्चिम सरकारद्धारा पार्टी कार्यालय खोल्न समेत झण्डै ४ करोड बजेट विनियोजन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले पार्टी कार्यालय खोल्न झण्डै चार करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गर्न मात्रै तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको हो।

आर्थिक वर्ष २०७९र८० का लागि  आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार गरी कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार को बजेट प्रस्तुत गरेका थिए।

जसमा समाजवादीको पार्टी कार्यालय स्थापना गर्न मात्रै तीन करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। समाजवादीले पुष्पलाल र मदन– आश्रित स्मृति भवन निर्माण शीर्षकमा पार्टी कार्यालयको लागि उक्त बजेट विनियोजन गरिएको हो।

जसमध्ये तीन करोड ३५ लाख रुपैयाँ पुष्पलाल स्मृति भवनका लागि र ३५ लाख रुपैयाँ मदन–आश्रित स्मृति भवन निर्माणका लागि विनियोजन गरिएको छ।

प्रदेश सरकारले पुष्पलाल स्मृति भवन निर्माणका लागि कैलालीको गौरीगङ्गामा ६० लाख, धनगढीमा ६० लाख, कञ्चनपुरमा ५० लाख, डोटीको सिलगढीमा १५ लाख, पूर्वीचौकीमा २० लाख, बाजुरामा १० लाख, बडिमालिकामा २० लाख, बैतडी र बझाङमा ३०र३० लाख विनियोजन गरेको छ।

यस्तै मदन–आश्रित स्मृति भवन निर्माणका लागि डडेल्धुरामा १० र अछाममा २५ लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै प्रदेश सरकारले बजेटमा मार्क्सवादी अध्ययन फाउण्डेसन डोटीलाई ५० लाख रुपैयाँ विनियोजन गरेको छ। मार्क्सवादी अध्ययन फाउण्डेसनको ई–लाइब्रेरी र पुस्तकालय निर्माण व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको हो।

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी छ। समाजवादीले आफ्नो पार्टी अनुकूल बजेट विनियोजन गरेको प्रतिपक्षी दलहरुको आरोप छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार