गुराँस एकेडेमीले ल्यायो यस वर्षको एसइईमा ३.९० जिपिए

कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमी

कैलाली : कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमीले यस वर्षको एसइईमा सुदूरपश्चिममा ३.९० जिपिए ल्याएको विद्यालयले जनाएको छ। विद्यालयका कार्यकारी निर्देशक डम्बर सिंह कडायतले कोभिड १९ का कारण २०७८ सालमा भौतिक रूपमा लिइएको एसइई परीक्षाको नतिजामा ३.९० जिपिए विद्यालयले ल्याएको बताएका छन् ।

देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना एसइई परीक्षार्थीको नतिजा बोर्डले बुधवार सार्वजनिक गरेको थियो ।कडायतले गुराँस एकेडेमीले विगत वर्ष जस्तै यस वर्ष पनि सो जिपिए प्राप्त गरेको बताउँदै

अब्बल शैक्षिक संस्थाको रूपमा उभ्याएको बताए। साथै यस विद्यालयमा थप तिन जना विद्यार्थीले ए (A )ग्रेड ल्याएको जानकारी दिए। उनले भने, बाँकी सबै बिद्यार्थीहरुले राम्रै जिपिए ल्याएर उर्तिण भएका छन् । साथै कक्षा ११ मा अध्ययन गर्न सफल भएका छन् ।

साथै यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापनको पठनपाठन भइरहेकोले कक्षा १२ को विज्ञान समूहमा पनि आगामी दिनमा सुदूरपश्चिम प्रदेशमै अब्बल साबित हुने विद्यालयका कार्यकारी निर्देशक कडायतले बताएका छन् ।

कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसइई परीक्षा सञ्चालन गरेको थियो। यस पटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार