दारी ग्याङ्ग धनगढीको प्रथम अधिवेसन सम्पन्न

दारी ग्याङ्ग धनगढीको प्रथम अधिवेसन सम्पन्न

धनगढी : दारी ग्याङ्ग धनगढीको प्रथम अधिवेसन आज धनगढीमा रहेको राज मिडिया हाउसमा सम्पन्न भएको छ । दारी ग्याङ्गको नेपालका विभिन्न जिल्लामा युवाको समुह छ जुन समुहले विगत लामो समय देखि सामाजिक कार्य गर्दै आइरहेको छ ।

देशै भरि युवाहरुको संजाल रहेको दारी ग्याङ्गको धनगढीमा आज प्रथम अधिवेसन भएको छ । उक्त अधिवेसन सुदुरपश्चिम प्रदेशका संयोजक दिनेश बोहराको अध्यक्षतामा दारी ग्याङ्ग धनगढीको प्रथम अधिवेसन, सल्लाहकार चयन र आगामी गतिविधि संचालन बमोजिमका प्रस्ताव माथि रहेर छलफल गरिएको छ ।

पहिलो प्रस्ताव अनुसार आर्थिक बर्ष २०७९/८० देखि २०८०/८१ सम्म २ बर्षका लागि मान्य हुनेगरि दारी ग्याङ्ग धनगढीको अध्यक्षमा अमित खड्का, उपाध्यक्षमा महेन्द्र खड्का, सचिवमा टि एन नाथ, कोषाध्यक्षमा महेन्द्र शाह र सदस्यमा अन्य सबै हुने गरि उपस्थित सबैको सर्वसहमतिमा निर्विरोध चयन भएका छन् ।

त्यसरि नै दोश्रो प्रस्ताव अनुसार दारी ग्याङ्ग धनगढीको सल्लाहकार समितिमा दिनेश बोहरा, सुरेश भाट, आदित्य विक्रम क्षेत्री, प्रेस सल्लाहकारमा भरत राज जोशी र स्वास्थ्य सल्लाहकारमा सुरज गोराथोकी गरी ५ जना उपस्थित सम्पूर्णको सर्वसहमतिमा निर्विरोध चयन भएका छन् ।

त्यस्तै गरी तेश्रो प्रस्ताव अनुसार पुराना कार्यक्रमलाइ निरन्तरता दिने, बैठक प्रत्येक महिनाको शनिवार गर्ने र कार्यसमितिलाइ जागरुक गराउने लगायतका निर्यण गरिएको छ ।

साथै उक्त कार्यक्रममा दारी ग्याङ्गमा आवद्द सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका व्याक्तित्वलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन टि एन नाथले गर्नुभएको थियो भने कार्यक्रमको लागि हलको व्यवस्था राज मिडिया हाउसका संचालक आदित्य विक्रम क्षेत्रीले गर्नुभएको थियो ।

देशै भरि युवाहरुको संजाल रहेको देशव्यापी रुपमा बिभिन्न सामाजिक कार्य गर्दै आएको दारी ग्याङ्ग विगतमै कानुनि रुपमा दर्ता भइसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार