मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

मूल्य घट्दा घटाउन अटेर गर्ने निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो

काठमाण्डाै : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पाेरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ ।

यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार