गीति कविता : रूप हेर्दा लाग्छ मलाई कुन

गोबिन्द राज ओझा

रुप हेर्दा लाग्छ मलाई कुन स्वर्गकि परि हुन
सुन्दरी तिमिलाई हेरि रहु लाग्छ आज झन झन

तिम्रो मिठो बोलिले मलाई लोभ्यायो
कालो त्यो केश हेरि बस्ने बनायो
मलाई पनि बस्ने ठाउँ देउ ए सुन्दरि
मलाई माया जालमा पारि तिमि गर्छौ मनपरि

मनको कुरा बुझ्न सक्ने रहेछौ तिमि
सधै तिमि सँग रमाएर बाच्न सकु म नि
हेर्दा मन नथाक्ने छौ तिमि सुन्दरता कि धनि
रुप हेर्दा लाग्छ मलाई यहि बसौ दिन गनि गनि

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल   

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार