कैलालीको स्याउलेमा ‘जेएसके फेसन प्यालेस’ सञ्चालनमा

कैलालीको स्याउलेमा 'जे.एस.के.फेसन प्यालेस' सञ्चालनमा

कैलाली : कैलालीको गोदावरी नगरपालिका-८ स्याउले बजारमा जे.एस.के.फेसन प्यालेस सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी प्रताप साउँद र मधुसुदन पन्तको लगानीमा सो प्यालेस सञ्चालनमा ल्याएका हुन् ।

करिब २५ लाखको लगानीमा आफूहरुले कपडा पसल सञ्चालनमा ल्याएको व्यवसायी प्रताप साउँदले बताए । आफूहरुको पसलमा सस्तो र सुपथ मूल्यमा महिला, पुरुष र बच्चाका विभिन्न किसिमका कपडादेखि जुत्ता चप्पलसम्म पाइने जानकारी दिए ।

पसल सोमबार घटस्थापनाको अवसरमा उद्घाटन गरिएको थियो । स्थानीयको सुविधाका लागि कपडा पसल सञ्चालनमा ल्याएको व्यवसायी साउँदले बताए । दशैतिहारको अवसरमा सामान किन्दा छुटको समेत व्यवस्था गरिएको बताइएको छ । एकपटक सेवाको मौका दिन उनले सबैलाई अनुरोध गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार