अब हुलास स्टीलको आधिकारिक शाखा धनगढीमा पनि (भिडियो सहित)

सोमबार घटस्थापनाको अवसर पारी हुलास स्टीलले धनगढी १३ राजपुरमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको हो ।

धनगढी : ‘हुलास भए अरू किन रोज्ने’ भन्ने मूल नाराका साथ विगत ४१ वर्ष देखी आफ्नो सेवा दिँदै आइरहेको नेपालको स्टील कम्पनी हुलास स्टील ईन्डष्ट्रीज लिमिटेडले आफ्नो नऔं शाखा धनगढीमा पनि सञ्चालनमा ल्याएको छ । सोमबार घटस्थापनाको अवसर पारी हुलास स्टीलले धनगढी १३ राजपुरमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको हो ।

हुलास स्टीलका मुख्य बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा युवा व्यवसायी कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाही र धनगढी उप–महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशीले  उक्त शाखाको उद्घाटन संयुक्त रूपमा गरेका हुन् ।

देशका विभिन्न आठ स्थान बाट सेवा दिइरहेको हुलास स्टीलले नऔं शाखाका रूपमा धनगढीको राजपुरमा आफ्नो शाखा बिस्तार गरेको बताउँदै धनगढी शाखा इन्चार्ज खगेन्द्र भट्टले सुदूरपश्चिमका व्यापारी तथा अन्य ग्राहकहरूले हुलासको विभिन्न उत्पादनहरू धनगढीबाटै सहज रूपमा प्राप्त गर्न सक्ने र चाहेको समयमा सुपथ मूल्यमा सामान खरिद गर्न सकुन् भनेर शाखाको स्थापना गरिएको बताएका छन् ।

हुलास स्टीलका मुख्य बिक्री प्रबन्धक अशोक सिंहले नेपालको परिवेश बाटो घाटोको असहजतालाई मध्यनजर गर्दै सुदूरपश्चिमका हुलास प्रयोग गर्न चाहने ग्राहक तथा हुलास कम्पनीका समान, उत्पादनहरू बिक्री गर्न चाहने व्यापारीहरूले समेत सहज रूपमा समान पाउन सकुन् भन्ने उद्देश्यले धनगढी शाखाको विस्तार गरिएको बताए । अब धनगढीका व्यवसायीहरूले हुलास स्टीलका समानहरू स्टक राख्नुपर्ने र सिधै धनगढी शाखा अर्थात् बिक्री डिपो बाट सहजै समान लग्ने वातावरणको सिर्जना गरिने उनको दाबी छ ।

यस्तै, उद्ध्घाटनमा सहभागी धनगढी उप-महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशीले हुलास स्टीलले यस क्षेत्रको व्यवशायीक विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै धनगढी बजार बाट ‘हाइवै’ तर्फ सर्दै गरेको विकास क्रमले धनगढी १३ को विकासमा पनि सहयोग पुग्ने बताउँदै हुलास स्टीललाइ व्यवशायीक सफलताको शुभकामना व्यक्त गरे ।

त्यस्तै, उक्त शाखाको उद्घाटन गर्दै युवा व्यवसायी तथा कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाहीले अहिले देशमा आर्थिक संकट चलिरहेका बेला पनि हुलास स्टीलले आफ्नो शाखा विस्तार गर्दै धनगढीमा स्थापना गर्नु आफैमा सकारात्मक र सबल पक्ष रहेको बताउँदै हुलास स्टील परिवार र धनगढी शाखा परिवारलाई व्यवशायीक सफलताको शुभकामना व्यक्त गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार