पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको बनबेहडामा होटेल आगमन सञ्चालनमा

युवा व्यवसायी शर्माको २ करोड भन्दा बढी लगानीमा आगमन होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीकाे बनबेहडामा युवा व्यवसायी राज शर्माकोे २ करोड भन्दा बढी लगानीमा आगमन होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको हो । 

धनगढी : कैलालीको बनबेहडामा सुविधा सम्पन्न होटेल आगमन सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत बनबेहडामा युवा व्यवसायी राज शर्माको २ करोड भन्दा बढी लगानीमा आगमन होटेल तथा रेस्टुरेन्ट सञ्चालन गरिएको हो ।

स्थानीय स्तरमा लगानी प्रोत्साहन गर्दै आन्तरिक पर्यटन लाई बढाउने उद्देश्यले होटेल सञ्चालन गरिएको हो । आज घटस्थापनाको अवसरमा होटेलको उद्घाटन गरिएको हो । गौरिगंगा नगरपालिका स्थित वडा नम्बर ६ , बनबेहडामा होटेल स्थापना गरिएको हो ।

नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले एक समारोहका बिच होटेलको उद्घाटन गरेका हुन । एसी कोठाहरू, सेमिनार हल , नेपाली तथा विदेशी खानाका परिकार, पर्याप्त पार्किङको सुविधा सहितको होटेल सञ्चालनमा आएको छ ।

उद्घाटन पछि प्रतिक्रिया दिँदै नगर उपप्रमुख बमले स्थानीय स्तरमा लगानीले यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । नगरपालिका भित्र सुविधा सम्पन्न होटेल तथा कार्यक्रम स्थलको अभाव भइरहेको बेला आगमन होटेल सञ्चालनमा आएको बताउँदै बमले आन्तरिक पर्यटनमा समेत यसले मदत पुगाउने बताए ।

उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर कुँवर,स्थानीय समाजसेवी तथा व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार