चाटर्ड एकाउन्टेन्ट खड्का इसेवाको सीइओमा नियुक्त

चाटर्ड एकाउन्टेन्ट खड्का इसेवाको सीइओमा नियुक्त

धनगढी : भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन्। चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सीइओमा नियुक्त गरेको हो।

अध्यक्ष परशुराम कुँवर क्षेत्रीले पद तथा गोपनीयताको सपथ गराएपछि खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेको इसेवाले जनाएको छ।

बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा खड्कासँग १२ वर्षभन्दा बढीको अनुभव छ। सीइओको जिम्मेवारीअघि उनी एफवान सफ्ट ग्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा निर्देशक थिए।

कार्यभार सम्हाल्दै खड्काले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका खेल्दै आएको र आफूले इसेवाका सेवालाई अझ विस्तार गरि आम मानिसको दैनिक जीवन सहज बनाउनका लागि भूमिका खेल्ने तथा कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार