SKIP THIS

S.P.A  Collage

कैलाली चेम्बर अफ कमर्सले भन्यो, ‘असान्दर्भिक सेवा शुल्क हटाऊ, बढ्दो ब्याजदर नियन्त्रण गरौँ’

कैलाली चेम्बर अफ कमर्सले भन्यो, 'असान्दर्भिक सेवा शुल्कलाई हटाऊ, बढ्दो ब्याजदर नियन्त्रण गरौँ'

धनगढी : कैलाली चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गर्न माग गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारका असान्दर्भिक सेवा शुल्कलाई हटाउन चेम्बरले माग गरेको हो ।

उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न एकल दरको ब्याज कायम गर्नसमेत चेम्बरले आग्रह गरेको छ । निक्षेपमा उच्च दरको ब्याजदर कायम हुँदा त्यसको असर कर्जाको ब्याजदरमा पर्ने भएकाले यसलाई रोक्न माग गरिएको छ ।

‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी ठप्प हुने अवस्था सिर्जना भएको छ,’ कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल –विप्लभ) द्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘निक्षेपमै उच्च ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।’

उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्न अनुरोध गरेको छ ।

बढ्दो ब्याजदर नियन्त्रण गर्न कैलाली चेम्बर अफ कमर्सको माग

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार