दीपावली, नेपाल संवत् तथा छठको कैलाली हार्डवेयर व्यवसायी संघद्धारा शुभकामना आदान प्रदान (भिडियो)

दीपावली, नेपाल संवत् तथा छठको कैलाली हार्डवेयर व्यवसायी संघद्धारा शुभकामना आदान प्रदान (भिडियो)

धनगढी । कैलाली हार्डवेयर व्यवसायी संघले दीपावली, छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान गरेको छ । संघले शनिवार एक विशेष कार्यक्रममा बिच शुभकामना आदान प्रदान गरेको हो ।

शुभकामना आदान प्रदान तथा दिवा भोज कार्यक्रमको अध्यक्षता कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष युवा व्यवसायी कुबेर बहादुर शाहीले गरेका थिए । भने कार्यक्रममा प्रमुख अतिथि सर्वोत्तम पेन्ट्स प्रा.लि.अत्तरियाका अध्यक्ष लक्ष्मी दत्त पाण्डेय रहेका थिए ।

व्यवशायीहरुको मनोबल बढाउन र संस्थाका कार्यक्रमहरूमा सदस्य तथा पदाधिकारीहरूको सक्रिय सहभागिता गराउन कैलाली हार्डवेयर व्यवसायी संघले गोला प्रथा बाट भाग्यमानी तीन जना सदस्यलाई विभिन्न गिफ्ट ह्याम्पर समेत प्रदान गर्नुका साथै व्यवसायीहरू लार्ई सम्मान समेत गरेको कार्यक्रममा चर्चित देउडा गायिका गौरी भट्ट र हास्य कलाकार हिक्मत महराको प्रस्तुति समेत रहेको थियो ।

२०७९ को दीपावली नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्न कैलाली जिल्ला भरीका हार्डवेयर व्यवसायी सँगसँगै अन्य कैलाली उद्योग वाणिज्य संघ, उद्योग व्यापार महासंघ सुदूरपश्चिम, होटेल व्यवसायी संघ, नाटा सुदूरपश्चिम प्रदेश, कैलाली बिजुली संघ, कैलाली पलम्बर संघ, पत्रकार महासंघ लगायतका संघ संस्थाहरूका अध्यक्ष तथा पदाधीकारीहरुलाइ आमन्त्रित गरिएको थियो । भने आमन्त्रित संस्थाको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई स-सम्मान मायाको चिनो समेत प्रदान गरिएको थियो ।

No description available.

यस्तै, कार्यक्रम सफल पार्न सहयोग गर्ने विभिन्न सहयोगी संस्थाहरू तथा कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाउनुहुने सम्पूर्ण उपस्थित व्यक्तिहरू लाई धन्यवाद ज्ञापन गर्दै कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष युवा व्यवसायी कुबेर बहादुर शाहीले व्यवशायीहरुको मनोबल बढाउन कार्यक्रममा सहभागी हार्डवेयर व्यवशायीहरुलाइ नौलो तरिकाले भाग्यमानी तीन जना सदस्यलाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । यसका साथै पुरस्कार विजेता तथा सम्मानित हुने व्यवशायीहरुलाइ पनि बधाई ज्ञापन गर्दै, आउँदै गरेको नेपालीहरूको महान् चाड दीपावली, छठ तथा नेपाल सम्वतको समेत शाहीले शुभकामना व्यक्त गरेका छन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार