जब ‘सवारी एस ५’ लिएर हजारौं विद्यार्थीमाँझ उभिए एसपीएका सोहन

जब ‘सवारी एस ५’ लिएर हजारौं विद्यार्थीमाँझ उभिए एसपीएका सोहन

धनगढी : देशभरिका इन्जिनियर्सहरुहरुको संस्था हो, ‘इन्जिनियर्स भ्लग’ । यही संस्थाले हरेकवर्ष काठमाडौंमा अर्बिट इन्जिनियर एक्स्पो कार्यक्रम आयोजना गर्ने गर्छ । उक्त कार्यक्रममा देशभरिबाट इन्जिनियरिङका क्षेत्रमा भएका, गरिएका प्रयासहरु प्रदर्शनी गर्ने गरिन्छ ।

यसपल्ट यही डिसेम्बर ९ देखि १० सम्म काठमाडौंमा भएको एक्स्पोमा प्रोजेक्ट प्रदर्शनी, रोबो सकर, रोबो वार र पेपर ब्रिज कम्पिटिसन गराइएको थियो । जसमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विद्यार्थी सोहन कैनीले प्रोजेक्ट प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

देशभरिबाट आएका र काठमाडौं उपत्यकाका हजारौं इन्जिनियरिङ विद्यार्थीहरुमाझ सोहनले आफैले बनाएको इलोक्ट्रिक बाइक विथ फिंगरपिन्ट प्रदर्शनीमा राखेका थिए ।

सोहनले बाइकको नाम राखेका छन्, ‘सवारी एस ५’ , जसलाई प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङदेखि इन्जिनियर सागर ढकाललगायतले अवलोकन गरेका छन् ।

कक्षा ११ मा एसपीएमा अध्ययनरत् सोहनलाई उक्त बाइक प्रोजेक्ट निर्माणका लागि सबै सहयोग कलेजले गरेको हो । हजारौं विद्यार्थीमाझ आफूले बनाएको प्रोजेक्टसहित उपस्थित हुन पाउँदा गर्विलो महसुस भएको सोहनले बताए ।

‘देशभरिबाट इन्जिनियरिङ क्षेत्रमा रुचि भएका विद्यार्थीहरुबीच उपस्थित हुन पाउँनु नै मेरा लागि ठूलो कुरो थियो । त्यसमाथि मैले आफूले बनाएको बाइक प्रदर्शन गर्न पाए,’ सोहनले भने, ‘यहाँसम्म पुर्याउँन मलाई कलेजले नै सबै हेल्प गरेको हो । कलेज परिवारप्रति आभार व्यक्त गर्दछु ।’

सोहनको सवारी एस ५ एकपटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएर बाइक अझै धेरै कुद्न सक्ने उनी बताउँछन् । त्यसबाहेक इलोक्ट्रिक बाइक भएकाले यो वातावरणमैत्री पनि छ । औलाको सेन्सरले सजिलै अन गर्न सकिन्छ ।

‘मैले सबै पुनः प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरेर यो बाइक बनाएको हुँ । माइलेजको पनि समस्या छैन । ब्याट्रीको पावर बढाउँन चाहे अझै बढी कुद्छ,’ सोहनले भने ।

पूर्ण रुपमा बाइक तयार हुँदा व्यवसायिक रुपमा एक लाखसम्ममा बिक्री गर्न सकिने उनको विश्वास छ । व्यवसायिक रुपमा अघि बढ्न अझै बाइकमा आफूले काम गरिरहेको उनले बताए ।

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले कलेजले पढाईका अलावा विद्यार्थीहरुको रुचि अनुसार लगानी पनि गर्ने गरेको र त्यसले प्रतिफल देखाउँदै गएको बताउँनुभयो ।

‘अब किताबी रटानलेमात्रै विद्यार्थीलाई पुग्दैन । शैक्षिक संस्थाले उनीहरुको रुचिअनुसारको क्षेत्रमा लाग्न र त्यसमा अब्बल हुन प्रेरित गर्नुपर्छ,’ उपाध्यायले भने,, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त अध्ययनसँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । त्यसमा लगानी पनि गरेका छौं । जसमा देशभरबाट अब्बल हुँदै हाम्रा विद्यार्थीले प्रतिफल पनि देखाइरहेका छन् ।’

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो। एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन्। सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन्। आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ। टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार