सुन ४ सयले बढ्दा चाँदीमा १० रूपैयाँको वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौं : साताको चौथो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढ्दा चाँदीको मूल्यमा १० रूपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ लाख ७ रूपैयाँ तोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार १ सय रूपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य मंगलबार १ लाख २ सय हुँदा बुधबार तोलको १ लाख ६ सय रूपैयाँ कायम भएको छ।

चाँदीमा पनि १० रूपैयाँ वृद्धि भएर तोलाको १ हजार ४ सय रूपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलाको १ हजार ३९० रूपैयाँ प्रतितोला कारोबार भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार