ग्याँस बिक्रेताहरूले भने, ‘बिक्रेताहरूलाई बाहिर राखेर गरेको ग्याँस डिलर्सको साधारण सभा मान्य छैन’

ग्याँस बिक्रेताहरूले भने, 'बिक्रेताहरूलाई बाहिर राखेर गरेको ग्याँस डिलर्सको साधारण सभा मान्य छैन'

धनगढी : ग्याँस बिक्रेताहरूलाई बाहिर राखेर ग्याँस डिलर्स एसोसिएसन धनगढीको साधारण सभा सम्पन्न भएको छ ।

धनगढीको चटकपुर स्थित फ्लोरा होटेलमा एशोसियसनको साधारण सभा सम्पन्न भएको हो । रोचक कुरा त के छ भने ग्याँस डिलर्स एसोसिएसनका संस्थापक अध्यक्ष, पदाधिकारी र पूर्व अध्यक्षहरूलाई साधारण सभामा प्रवेश गर्न रोक लगाएको थियो ।

एसोसिएसनका संस्थापक सहसचिव ध्रुवराज जोशीले बहुसङ्ख्यक संस्थापक र ग्याँस बिक्रेताहरूलाई बाहिर राखेर साधारण सभा सम्पन्न गरेको आरोप लगाए ।

‘हामीलाई भित्र जान रोक लगाइएको थियो । संस्थापकहरूलाई नै भित्र प्रवेश गर्न दिइएन,’ जोशीले भने, किराना पसलेहरूलाई राखेर साधारण सभा गरियो । यस्तो साधारण सभा हामीलाई मान्य छैन ।’

उनले ग्याँस बिक्रेताहरूलाई प्रवेशमा रोक लगाएर गरिएको साधारण सभा रद्द गर्न स्थानीय प्रशासनसँग आग्रह गरे ।ग्याँस डिलर्स एसोसिएसनका संस्थापक अध्यक्ष विनोद दाहाल, पूर्व अध्यक्ष दीपक जोशी लगायत एक थुप्रै संस्थापकहरूलाई कार्ड नभएको भन्दै प्रवेशमा रोक लगाइएको जोशीले गुनासो गरे ।

जोशीका अनुसार छविराज भट्टको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । एकलौटी रूपमा सञ्चालन गरिएको साधारण सभाको निर्णय आफूहरूलाई मान्य नहुने जोशीले बताए ।

यस्तै, अर्का बिक्रेता तारा साउँदले ग्यास एसोसिएसनले ग्यास डिलर तथा बिक्रेताहरूको हितमा काम गर्नु पर्ने हो तर सिधै किराना पसलेहरूलाई राखेर विक्रेताहरू विरुद्ध काम गरेको बताएका छन् । उनले के सिधै किराना पसलमा ग्यास पुग्छ त भनी प्रश्न गर्दै भने,

‘के किराना पसलमा कम्पनी बाट ग्यास आउँछ त ? किराना पसले हरूलाई ग्यास  एसोसिएसनमा कसरी राखियो ? कसले बनायो अधिकारीक बिक्रेता ?’ 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार