मावि सञ्चालनका लागि श्री शिरोमणि विद्यालयलाई आर्थिक सहयोग

मावि सञ्चालनका लागि श्री शिरोमणि विद्यालयलाई आर्थिक सहयोग

अछाम : अछामको चौरपाटी गाउँपालिका-१ खान्डाँडामा सञ्चालित श्री शिरोमणी लेखनाथ आधारभूत विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

बिहीबार सरस्वती पूजाको अवसर पारेर देश तथा विदेशबाट संकलन गरिएको ५१ हजार ३७३ रुपैयाँ विद्यालय व्यवस्थापन समितीलाई हस्तातरण गरिएको हो ।

खान्डाँडामा माध्यमिक तह सञ्चालन गर्न विद्यालय व्यवस्थापन तथा युवाहरुले आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए । सोही अभियान अन्तर्गत युवाहरुको पहलबाट संकलन भएको रकम बिहीबार खान्डाँडा समाज सुधार युवा क्लवका अध्यक्ष नविन साउँदले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयन सिं साउँदलाई हस्तान्तरण गरेका हुन् ।

भारतमा रोजगारीको सिलसिलामा रहेका व्यक्तिहरुबाट २७ हजार ८८८ र नेपालमा संकलन भएको २३ हजार ४८५ रुपैयाँ गरी ५१ हजार ३७३ रुपैयाँ विद्यालय हस्तान्तरण गरिएको हो । सो सहयोग रकमले विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्न मद्धत पुग्ने विश्वास गरिएको छ । यस्तै विद्यालय व्यवस्थापन समितिले पनि तीन लाख भन्दा बढी आर्थिक संकलन गरेको जनाएको छ ।

साथै आजै खान्डाँडा आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ । सो भवनको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, वडा नम्बर १ का वडाध्यक्ष विरमल थापा लगायतले उद्घाटन गरेका हुन् ।

उद्घाटन गरिएको भवनबाट विद्यालयले शुक्रबारदेखि नियमित कक्षा सञ्चालन गर्ने बताइएको छ । भवन उद्घाटन समहारोहमा विभिन्न सांगितिक कार्यक्रमहरु पनि देखाइएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार