उदयदेव सहकारीद्वारा एटिएम सेवा सञ्चालन

उदयदेव सहकारीद्वारा एटिएम सेवा सञ्चालन

कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले कोप कार्ड (एटीम) सेवा सञ्चालनमा ल्याएको छ । अब सहकारीका सदस्यले एटिएममार्फत खातामा रहेको बचत झिक्न पाउनेछन् ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश बहादुर चन्दले सहकारीका सदस्यको सहजताका लागि एटिएम सुविधा सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार उदयदेवका शेयर सदस्यहरुले आफ्नो बचत रकम देशभरिमा जुनसुकै एटिएम मेसिनबाट झिक्न सक्नेछन् ।

सहकारीले कोप कार्ड सेवाका लागि ग्लोबल आइएमई बैंक सेवा सम्झौता गरेको छ । शेयर सदस्यले ग्लोबल आईएमई बैंकको एटीएम मेसिन प्रयोग गर्दा कुनै शुल्क नलाग्ने सिईओ चन्दले बताए ।

ग्लोबल आइएमइ बाहेकका बैंंकका एटीएम प्रयोग गरेमा न्युनतम सेवा शुल्क लाग्ने उनको भनाई छ । अब शेयर सदस्यले बिदाको दिनमा समेत आफ्नो बचत झिक्न सक्ने छन । सहकारीले महेन्द्रनगर, धनगढी, अत्तरिया, डडेल्धुरा र बैतडीमा सेवा केन्द्रमार्फत सेवा दिदैँ आएको छ ।

उदयदेवदले यसअघि नै आइएमइ रेमिट, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ र टेब्लेट बैंकिङलगायत सेवा पनि सञ्चालनमा लयाई सकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार