एक्सीसको १८ औँ वार्षिकोत्सव: रोवर्ट देखी विद्युतीय गाडीसम्म प्रदर्शनी 

एक्सीसको १८ औँ वार्षिकोत्सव: रोवर्ट देखी विद्युतीय गाडीसम्म प्रदर्शनी 

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ५ स्थित एक्सीस विद्या आश्रमले १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यता साथ मनाएको छ । आइतबार विशेष समारोहको आयोजना गर्दै विद्यालयले रोवर्ट देखी विद्युतीय गाडीसम्म प्रदर्शनी गदै उत्सव मनाएको हो । 

विद्यालयकी अनिता पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नरेन्द्र कार्की रहेका थिए । 

कार्यक्रममा ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य प्रेम निधी ओझा, नाष्ट माध्यमिक विद्यालयका प्राचार्य शिवहरि मुडभरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्राचार्य यादव जोशी, पदम सिंह कुँवर, कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टी.एन जोशी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, दिनेश पौडेल, डाक्टर प्रेम साउँद सहभागिता रहेको थियो । 

यस्तै, घोडाघोडी नगरपालिकाका निवर्तमान नगर प्रमुख ममता प्रसाद चौधरी, धनगढी नगरपालिकाका पूर्व मेयर खेमराज पाण्डेय, सुदूरपश्चिम प्रदेशसभाका सदस्य धर्मराज पाठक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन विद्यार्थी एवम् शिक्षकहरूले गरेका थिए । एक्सीस माध्यमिक विद्यालयमा पिजी कक्षा देखी १२ सम्म पढाई हुँदै आएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम, विद्यार्थीले बनाएका ग्लाडर, क्विज बक्स, रोवर्ट प्रदर्शनी गरिएका थिए ।

यस्तै, बिद्याथीहरुले बनाएका बिद्युत् रिमोट कन्ट्रोल, बिद्युतबाट पानी तताउने, वाटर रकेट, विद्युतीय गाडी, पङ्खा, पानी फिल्टर, सडक बत्ती, स्मार्ट सिटीको नमुना, जेसीबी लगायतका सामाग्री प्रदर्शन गरिएको विज्ञान शिक्षक केशव महराले जानकारी दिए । 

उनले यी सामाग्री बिद्यार्थीहरुले आफैले बनाएर प्रदर्शनी गरेको बताए। यस्तै वार्षिकोत्सवको अवसरमा विभिन्न बिद्याथीहरुले सांस्कृतिक कार्यक्रममा नाचगान तथा नाटक प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।

विभिन्न विधामा वर्षका उत्कृष्ट ६ जना विद्यार्थी, कक्षाका उत्कृष्ट ३९ जना विद्यार्थी र असाधारण विद्यार्थी एक जनालाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ भने वार्षिकोत्सव तथा अभिभावक दिवसको असरवरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

56%

खुसी

11%

दुःखी

11%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार