‘मनोसामाजिक क्षेत्रमा काम गर्न नीति बनाएर अघि बढेका छौं’

‘मनोसामाजिक क्षेत्रमा काम गर्न नीति बनाएर अघि बढेका छौं’

धनगढी : धनगढी उप-महानगरपालिका नगर प्रमुख गोपाल हमालले मानसीक स्वास्थ्य तथा मनोसमाजिक समस्या वर्तमान समयमा सबैभन्दा ठुलो समस्या रहेको बताएका छन् । सोमबार धनगढीमा टिपिओ नेपालद्धारा आयोजित कार्यशाला गोष्ठीमा सो कुरा बताएका हुन ।

उनले मानसिक रोग वर्तमान समयमा सबैभन्दा ठुलो समस्या रहेको बताउदै मानिसहरुले मानसिक समस्या लुकाउन नहुने धारणा राखे । नगर प्रमुख हमालले बढ्दो प्रविधि र बेरोजगारी जस्ता समस्याले मानसिक समस्या बढ्दै गईरहेको बताए ।
स्थानिय तहमा मनोसामाजिक सहयोग कार्यक्रमलाई समाहित गर्न सम्बन्धीत जनप्रतिनिधी तथा सरोकारवालाहरु संगको कार्यशाला गोष्ठीमा उनले मनोसामाजिक समस्या नियन्त्रण गर्नुनै आजको मुख्य आवश्यकता रहेको बताए ।

उपमहानगरपालिकाले मनोसामाजिक क्षेत्रमा काम गर्न बार्षीक नीति कार्यक्रममै समावेश गरेर अगाडी बढेको र कार्यान्वयन प्रक्रिया अगाडी बढाईएको उनले बताए । नगर प्रमुख हमालले भने–‘यस क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले एकिकृत रुपमा कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको छ, हामी हाम्रो तर्फबाट आवश्यक नीति बनाएर अगाडी बढेका छौ ।’

कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक तथा मनोचिकित्सक डा.कमल गौतमले मनोसामाजिक समस्याको वर्तमान अवस्था र कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेका थिए । उनले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य प्रर्बधनमा स्थानिय सरकारको भुमिका महत्वपुर्ण रहेको बताउदै सबै स्थानिय सरकारहरुले समेत यो बिषयलाई आ–आफ्नो नीति कार्यक्रममा समावेश गरेर लैजानु पर्ने धारणा राखे ।

यस्तै, कार्यक्रममा टिपिओ नेपालले नगर प्रमुख हमाललाई स्थानिय तहमा मानसिक तथा मनोसामाजिक सहयोग क्रियाकलाप तथा आवश्यक स्रोत प्रतिवेदन हस्तान्तरण साथै सहभागिहरु बिच अन्र्तक्रिया आयोजना गरिको थियो ।

कार्यक्रम विभाग प्रमुख पिताम्बर कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार