SKIP THIS

S.P.A  Collage

आमाको माया छात्रावासलाई सहयोग

आमाको माया छात्रावासलाई सहयोग

धनगढी : शाइन रेसुङ्गा डेभलाेमेन्ट बैंक धनगढी शाखाले धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छात्रावासमा सहयाेग गरेकाे हाे। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी उपमहानगरपालिका २ तारानगरस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासलाई सामग्री हस्तान्तरण गरेको जनाएको छ।

बैंकले छात्रावासमा रहेका बालबालिकालाई झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री संगै चाउचाउ, बिस्कुट हस्तान्तरण गरेको शाइन रेसुङ्गा बैंक धनगढी शाखाका प्रमुख रबिन्द्र शाहीले बताए।

समाजमा पछाडि परेका उत्पिडित, टुहुरा तथा सहारा बिहिनहरुका लागि वास्तविक सहयोग हुने तथा बैकले समाजको विकास उत्थान र कल्याणको लागि संस्थागत दायित्व अन्तर्गत उक्त सहयोग गरिएको उनले बताए।

स्थानीय व्यक्ति तथा सहयोगी दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको उक्त छात्रावासमा अहिले विपन्न र अभिभावक विहीन ३२ जना बालबालिका रहेको आमाको माया छात्रावासकी अध्यक्ष शारदा शाहले बताइन्। ३२ जना बालबालिकालाई नै एकएक थान सामग्री वितरण गरेकाे जनाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा शाइन रेसुङ्ग बैंक धनगढी शाखाका कर्मचारी र छात्रावासमा बसोबास गरिरहेका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार