डिप्रोक्स लघुवित्त द्वारा शैक्षिक सामाग्री वितरण

डिप्रोक्स लघुवित्त द्वारा शैक्षिक सामाग्री वितरण

दुर्गौली, कैलाली : डिप्रोक्स लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय दुर्गौली टिकापुरले वार्षिकोत्सवको अवसर पारी विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सॅस्थाले कैलालीको जानकी गाउपालिका ९ अमरावतिमा रहेको पारस आधारभुत विधालयका ९४ जना छात्र छात्रालाई शैक्षिक सामाग्री झोला वितरण गरेको हो ।

बिधार्थीहरुको शैक्षिक गुणस्तर वृद्धीका लागि सघाउ पुगाउने उध्येस्यले झोला वितरण गरिएको डिप्रोक्स लघुवित्तिय सॅस्था दुर्गौलीका प्रमुख देवराज उपाध्यायले वताउनु भयो ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष देउमा दमाईको सभापतित्वमा सम्पन्न भयको शैक्षिक सामाग्री वितरण समारोहमा सो वडाका वडा सदस्य निरु सुनार प्रमुख अतिथि रहनु भयको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनारले यस्ता कार्यक्रमले विधार्थीलाई पठन पाठनमा आकर्सित गराउने तथा नियमित विधालय आउन प्रोत्साहित गर्ने भन्दै लघुवित्तलाई धन्यवाद दिनुभयको थियो ।

बिधालयका प्रधानाध्यापक जीवराम चौधरीले सॅचालन गर्नुभयको कार्यक्रममा लघुवित्तका शाखा प्रवन्धक देवराज उपाध्यायले विधार्थी तथा सहभागिमा वितिय साक्षरताका वारेमा जानकारी दिनुभयको थियो । सो अवसरमा सॅस्थाका कर्मचारी सन्ध्या अवस्थी,विरेन्द्र प्रशाद न्यौपाने ,रमेश वहादुर वुढा,ज्ञान वहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार