महालक्ष्मी विकास बैंकद्धारा दिपायलमा वित्तीय साक्षरता कार्यक्रम

डोटी : डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो ।
‘जोडौँ एक नाता ,खोली महालक्ष्मी बैङ्कमा खाता’ भन्ने मुलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड पिपल्ला शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा दिपायलका प्रबन्धक भीम बहादुर रावतले बताए ।
उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ । वित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ।’हरेक बर्ग तथा समुदायका ग्राहकहरुलाई “मुस्कान सहितको सेवा” उपलब्ध गराउने प्रण सहित ग्राहकको सन्तुष्टि नै बैंकको सफलता हो भन्ने मुल उद्देश्यका साथ यस बैंक अगाडी बढीरहको उनले बताए ।
देश भर १०३ वटा शाखाहरु तथा ४९ वटा एटिएम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको यस बैंकको प्रदान कार्यालय काठमाडौंको दरबारमार्गमा रहेको छ ।
नेपाल चार्टस अकाउन्टेन्ट्स (क्ष्ऋब्ल्) द्वारा प्रदान गरिने विकास बैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड –२०१८ तथा साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (क्ब्ँब्) द्वारा प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड –२०१८ बाट समेत बैक सम्मानि भईसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार