कस्तो देशमा जन्मिए छु ? : राजेश चन्द

कस्तो देशमा जन्मिए छु ? : राजेश चन्द

राजेश चन्द✍️ : अहिले नेपालको राजनीतिक वृत्तमा चलिरहेको नाङ्गो नाचले म जस्तै कयौ युवालाई सोच्न बाध्य बनाएको छ । तपाईं यो लेखको शीर्षक देखेर के हो न के हो जस्तो लाग्यो होला लाग्नु पनि स्वाभाविक हो , शीर्षक नै त्यस्तै छ ” धत्त कस्तो देशमा जन्मिए छु ” ।

यो लेखको शीर्षक राख्न मैले हजार चोटी सोचे तर यो भन्दा गतिलो शीर्षक भेटाउन भने मैले सकिन र अहिले को ब्रतमान प्रस्थिती लाई देखेर यही शीर्षक उपयुक्त हुन्छ जस्तो भान मलाई भयो ।

अब त यस्तो लाग्न थाल्यो जे हुन्छ नेपाल मै हुन्छ , पछिल्लो समय को घटनाक्रम लाई गहिराइ बाट नियाल्ने हो भने के भएको छ भन्दा पनि के भएको छैन भन्दा उपयुक्त हुन्छ । अहिले सम्म जति पनि सरकार भनेका छन् हरेक सरकारको पाला मा एउटा न एउटा काण्ड घटेकै हुन्छ । अब त यस्तो लाग्न थाल्यो कुनै सरकारको पाला मा कुनै काण्ड घटेन भने त्यो सरकार अपुरो हुन्छ । कम्निस्ट हु भनेर छाती फुलाउँदै हिन्ने ले पनि काण्ड मचाएकै छन् म कांग्रेसी हु भन्दै हीन्ने ले पनि काण्ड मचाउन बाकी राखेका छैनन। हुँदा हुँदा केही नयाँ गर्छु भन्दै नेपाली राजनीतिको आकाशमा उदाएका केही दलका सांसद पनि ती काण्ड हरु बाट टाढा हुन सकेका छैनन । काण्ड मचाउन मा को भन्दा को कम भन्ने प्रतिस्पर्धा चलेको छ नेपाली राजनीतिको बजारमा ।

खैर यी सब कुरा त छँदै छन् , यी पुरानो विरासत बोकेका ठूला दल हरु ले अहिले स्वतन्त्र रूपमा नेपाली जनता को सेवा गर्छु भनी उदाएका केही स्वतन्त्र व्यक्ति हरुलाई पनि काम गर्न नदिने वातवरण सृजना गरेको देख्दा विरक्त लागेर आउँछ । धनगढी मा गोपी हमाल ,धरानमा हर्क सम्पाङ र काठमाडौं मा बालेन्द्र शाह उर्फ बालेन् 2079 मा भएको निर्वाचन बाट स्वतन्त्र रूपमा निर्वाचित भएर आएको कुरा त सबै मा सर्वविदितै छ । तर ठूला दल हरुको हाली मुहाली रहेको स्थानीय तह मा स्वतन्त्र रूपमा निर्वाचित भएर आएका जनप्रतिनिधि लाई काम गर्न नदिएको अवस्था छ ।

खैर, यी सबै कुरा लाई एक छिन बिर्सिएर अहिले चर्चा मा रहेको अन्तर्राष्ट्रिय चासोको विषय नक्कली भुटानी शरणार्थी प्रकरण लाई नजिक बाट नियाल्दा खै कुन्नि कस्तो देश मा जन्मिएछु जस्तो आभास हुन्छ । कुनै देशका नेता ले आफ्नै देशका जनता लाई नक्कली शरणार्थीको बनाएर बचेको घटना विरलै सुनिने गरेको छ । तर हाम्रा देशका नेताहरुले आफ्नै जनता लाई नक्कली शरणार्थी बनाए बेचेको खबर सुन्दा यो देशमा किन जन्मिएको हुला भन्ने प्रश्न मन मा खलिरहेको छ । जनता लाई बेच्न पछि नहट्ने नेता ले देश नै बेचे भन्ने खबर आयो भने पनि कुनै नौलो खबर हुने छैन ।

यो कस्तो देश जनता बेच्ने नेता ठूलै काम गरे जसरी हात हालाउदै बिना हतकडी बयान दिन जान्छ । यो कस्तो देश जहाँ आफ्नै देशका जनता बेच्ने नेता बचाउन ठूलै कहलिएका नेता लागि परेका छन् । आफ्नो आफ्नो पार्टीका नेता बचाउन उनीहरू जन्मे देखिको बल लगाएर लागेका छन् । आफ्नो पार्टी का नेता तथा कार्यकर्ता बचाउन ठूलै रस्साकस्सी चलेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

69%

खुसी

15%

दुःखी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

सम्बन्धित समाचार