मौसुफ सरकार श्री५ शाहदेव परिवारलाई समस्त सुन्दर सुदूरपश्चिमवासीको तर्फ बाट अभिनन्दन टक्र्याउँदछु!

मौसुफ सरकार श्री५ शाहदेव परिवारलाई समस्त सुन्दर सुदुरपश्चिमवासीको तर्फ बाट स्वागत टक्र्याउँदछु!

नवीन पनेरु, धनगढी :

बन्दुकका नालको ताकेतामा धर्म फाल्न लगाईयो,पोशाक फाल्न लगाईयो
सत्र हजार दाजुभाइलाई,खाल्डोमा हालियो,

जिउँदै जलाइयो,
दिदिबहिनीहरुका सिंदुर पुछेर,

दिल्लीलाई दरबार बनाइदियो,
त्यसैको उपज आज जल , जमिन , जङ्गल , जनावर सबै माफियाको भुमरिमा रुमल्लिरहेका छन ।

हजारौंको रगतको खोला बगाएर सत्ता लम्बयाउन नसकिने पनि त थिएन,आफुले सत्ता परित्याग गरेर करोडौं जनताको ईच्छा अनुरुप जनमानसको मुहारमा खुसियाली छाउने विश्वासले सत्ता सुम्पिबक्स्यो, आमूल परिवर्तनको झिनो आशमा राखेर जनमानसमा भ्रमको खेती गरिएको तितो यथार्थ विद्यमान परिस्थितिमा सर्वविदितै छ।

हजारौं निर्मलाहरु न्यायको ढोका ढकढकाउदा ढकढकाउदै न्याय नपाई प्राण त्याग्न बाध्य छिन , अनि लाखौं निर्मलहरु स्वदेशमा रोजगारी नपाएर खाडीको ५० डिग्रीको घामको राफ संगै स्वदेश बनाउने सपना बुन्दै दिन गन्न बाध्य छन । स्वदेशमै जिविकोपार्जन गर्ने संकल्प लिएका राम र सिताहरुलाई पनि अर्थतन्त्रको मारमा पारेर देहत्याग गर्न बाध्य पारिदैछ।

जल, जमिन, जङ्गल ,जनावर संगै कयौं भोका पेट अनि अनिदा नयनहरु एक कुशल अभिभावकको प्रतीक्षामा छन।
हजुरको दिव्य उपदेश स्वरुप ढुङ्गाको मुर्ती समेत बोल्नु पर्ने बेला आएको छ । सरकार मैले त यस्तो शोषणको परिस्थिति जसो तसो झेल्दैछु मेरा सन्ततिले यस्तो झेल्न नपरोस ।

नेपाली जनताको अहित गर्ने खाल्का निर्णयहरु अविलम्ब खारेज गरि प्रजातान्त्रिक राजसंस्था सहितको हिन्दुअधिराज्य नेपाल जस्तो सर्वोत्तम व्यवस्था अबको अन्तिम विकल्प हो कि भन्ने भान जनमानसमा देखिएको प्रष्टै छ तसर्थ देशले नयाँ मोड लिएर फिजिकरण भए जस्तै नहोला भन्न नसकिने अवस्था छैन। पुर्वियदर्शन संगै जगत जननीको रक्षार्थ हजुरको अभिभावक्त्वको पर्खाईमा छौं ।

हिन्दु सम्राट राष्ट्रवादका मेरुदण्ड श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव लगाएत राजपरिवारको सुदुरपश्चिम विकास क्षेत्र भ्रमणले सुदुरका जनताको मुहारमा पक्कै पनि छिट्टै नै खुसियालीको रौनक ल्याउने छ भन्ने कुरामा विश्वस्त छु। आराध्यदेव श्री पशुपती नाथले राजपरिवार सहित समस्त देशवासीको सदैब कल्याण गरून् । :- प्रकाशित शब्दहरू लेखक स्वयमका हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

77%

खुसी

0%

दुःखी

0%

अचम्मित

23%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार