टाटा मोटर्सद्वारा धनगढीमा विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ को बिक्री सुरु

टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ को बिक्रि धनगढीमा  शुरु गरेको छ।

धनगढी : टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ को बिक्रि धनगढीमा  शुरु गरेको छ।

शुक्रवार धनगढीमामा आयोजित एक कार्यक्रममा टाटा मोटर्सका लागि धनगढीको आधिकारिक बिक्रेता नबदुर्गा टेक्नोलोजीले ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरेको हो।

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो। २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो।
कार्यक्रममा टेक्नोलोजीका प्रमुख सञ्चालक प्रदिप जोशीले गाडीले धनगढी सहित सुदूरपश्चिमका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे।

१०० किलोवाटकै मोटर रहेका कारण यो गाडीले नेपाली बजारमा आक्रामक बजार कायम राख्ने ठानिएको छ। नेक्सन ईभीमा पनि ९५ किलोवाटको मोटर रहेको थियो।

४०.५ किलोवाट आवरको ब्याट्री रहेको नेक्सन ईभी म्याक्सले ३०० देखि ३५० र बढीमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। नेक्सन ईभीमा ३०।२ किलोवाटआवरको ब्याट्री रहेको थियो। बढीमा १२९ पीएस क्षमता रहेको नेक्सन ईभी म्याक्सको टर्क क्षमता २५० एनएमसम्म छ।

७.२ किलोवाटको फास्ट चार्जरले साढे ६ घण्टामै र ३.३ किलोवाटको चार्जरले गाडी १५ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ। डीसी फास्ट चार्जिङले भने ० देखि ८० प्रतिशत चार्ज ५६ मिनेटमै हुने कम्पनीले जनाएको छ।  
एक हजार ७४८ किलोग्राम कुल तौल रहेको नेक्सन ईभी म्याक्सको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ। गाडी हरियो–निलो, सेतो र खैरो गरी तीन रङमा उपलब्ध छ।

उनले नेक्सन ईभीले पहाडी भूभागमा पनि उत्कृष्टता देखाएको बताए। हाई स्पिड १४० किमी र १०० किलोवाटको मोटर रहेको उनले बताए। १९० एमएम ग्राउण्ड क्लियरेन्स रहेको उनले बताए। ९ सेकेण्डमा गाडीले १०० किमी स्पिड दिनसक्छ। गाडीमा इलेक्ट्रिक सनरुफ रहेको छ। ब्याट्रीको वारेन्टी आठ वर्ष छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार