धनगढीको बागेश्वरी सोरुमले जित्यो टिभिएस नेशनल च्याम्पियन अफ द इअर २०२३ को अवार्ड 

धनगढीको बागेश्वरी सोरुमले जित्यो टिभिएस नेशनल च्याम्पियन अफ द इअर २०२३ को अवार्ड 

धनगढी : टीभीएसको धनगढीका लागि आधिकारिक विक्रेता बागेश्वरी अटोमोटिभ्सले ‘नेशनल च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ। टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सद्वारा आयोजित च्याम्पियन मिटकोे अवसरमा बागेश्वरीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउद लाई अवार्ड प्रदान गरेका हुन् । उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको साउदले बताए । बागेश्वरीले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो । ‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ साउदले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र बागेश्वरी टिमप्रति आभारी छु ।’

सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो । सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका थिए ।

धनगढी क्षेत्र मा विगत केही वर्ष देखी टीभीएस सर्वाधिक विक्री हुने दुई पाङ्ग्रे ब्रान्ड हुँदै आएको छ। स्कुटरमा टिभिएस एनटर्क, मोटरसाइकल मा रेडर र अपाचे आरटिआर सर्वाधिक रुचाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार