गणतन्त्र दिवसको अवसरमा टेलिकमको अफर, अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस

नेपाल टेलिकम

नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष अफर ल्याएको छ । यो अफर जेठ १४ गतेदेखि १६ गतेसम्म लगु हुनेछ ।

यस अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा पाइने छ ।

यसका साथै ४९ रूपैयाँमा एक दिनका लागि मान्य हुने १ एमबिपिएस गतिको अनलिमिटेड डेटा र टेलिकमको नेटवर्कभित्र कुरा गर्न १०० मिनेट भ्वाइस पाइने छ । यो अफर *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर लिन सकिने छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार