“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा युवाको भूमिका”

"सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा युवाको भूमिका"

युवाको जोशमा उमंगको लहर देखिन्छ , संघर्स बाटै सुन्दर देशको कल्पना देखिन्छ , समुन्त्ती को पथ यात्रा निकै कठिन भए पनि चुनौती बाटै सुन्दर नेपाल को परिवर्तन देखिन्छ “

नेपाल को संविधान अनुसार ” १६ बर्ष कटिसकेका ४० बर्ष ननागेका आखामा मिठा सपना अनि काधमा जिम्मेवारी बोकेका , नयाँ नया सोच, जोस र जागरले बेहुला र बेहुली जस्तै सजिएका अनि यथास्थिति, परिस्थिति र मनस्थितीलाइ आत्मसाथ गर्दै देश विकासको लागी गाउँ-गाउँबाट उठ्ने अनि बस्ति- बस्तीबाट उठ्ने, नेपाल आमा रोइरहदा आसु पुछिदिनको लागी जुरमुराउने बुढेउली लाग्नु भन्दा अगाडीको जमात हो युवा ।”

युवा भबिस्यको कर्णाधार, वर्तमानको साझेदार तथा आमुल परिवर्तनको सम्वाहक हुन । वास्तव मा युवाहरु नै राष्ट्रको परिवर्तनगामि शक्ति हुन । त्याग निष्ठा बलिदान र नवनिर्माणको सुन्दर भावन द्वारा प्रतिबद्ध युवाहरु राष्ट्रको अमूल्य निधि एबम् उदयमान शक्ति मानिन्छ । युवा हरुको नसा नसा मा क्रान्तिकारी परिवर्तनको नवीन ऊर्जा सल्बलाइरहेको हुन्छ ।

विश्व इतिहासलाई अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौ भने , वि स १९९६ को राणा विरोधी आन्दोलनमा गंगालाल हरुको भुमिका देखि यता वि स २००६ , वि स २०१५ , वि स २०३६ , वि स २०४६ को जन् आन्दोलन , वि स २०५२ देखि संचालित ससत्र जनयुद्ध र मुख्यत : वि स २०६२/६३ को जनआन्दोलन मा युवाहरुको योगदान अतुलनीय थियो ।

त्यसै गरी विगत देखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजीवनका अनि राज्य स्वाधीनता का लागि निरंकुश शासनका दानवीय छाया लाई परास्त गर्दै मुलुक मा संगीत लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवा हरुले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एबम एतिहासिक साबित भएको थियो ।

यस्ता इतिहास का कठिन मोड मा समेत विचलित नभइकन राष्ट्र निर्माणको महा – अभियानमा समर्पित युवाहरुले संघीयता , लोकतन्त्र र गणतन्त्र लाई अझै स्थापित गर्न देश विकासको हरेक क्षेत्र मा नेतृत्वदायी र हस्तक्षेप कारी भूमिका निर्वाह गर्न जरुरी छ |

मुटु माथि ढुङ्गा राखेर भन्नु पर्छ , आज ८० लाख सक्षम नेपाली युवा हरु विदेश भूमि मा श्रम बेच्न बाध्य छन् । कुनै पनि स्वाभिमान राष्ट्रका लागि यो स्वाभाविक होइन ।

जुन युवाले क्रान्तिकारी क्रान्तिकारी जनयुद्ध गरु २३८ बर्से लामो शाहवंश राज परम्परा को अन्त्य गरी देशमा संघीयता ,लोकतन्त्र र गणतन्त्र स्थापना गरे तिनै युवाले विदेशीको गुलाम/नोकर बनेर विदेशी भूमि मा आफ्नो श्रम बेच्नु पर्ने आखिर कैले सम्म ?
वैदेशिक रोजगारमा गएका युवा – युवतीहरुको रगत र पसिना बाट समग्र मुलुक को विकास गर्न सकिन्छ भन्ने मनोविज्ञान बाट अब छिट्टै विउँझिनु पर्छ र बिदेसिएका लाखौं नेपाली युवाहरु स्वदेश फर्किने वातारण निर्माण गर्नु पर्छ ।

कुनै पनि देशको विगत, वर्तमान र भविष्य त्यस देशका नागरिकले प्राप्त गरेको शिक्षाले निर्धारण गर्ने हुदा राष्ट्र कति सक्षम अनि आत्मनिर्भर छ भन्ने कुरा त्यहाँको शैक्षिक अवस्था आफै बोल्ने गर्छ त्यसकारण सैछिक क्षेत्रमा देखिएका कमी कमजोरी अनि समस्या लाई सामधा गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्न आजको आवश्यकता हो |

हाम्रो देश नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा पनि अन्य देशको तुलनामा निकै पछाडि रहेको देखिन्छ , त्यसैले युवा हरुले आफूमा भएको ज्ञान सिप अनि दक्षताको भरपूर प्रयोग गरेर विज्ञान तथा प्रविधिको क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्छन् ।
नेपाल सरकारले अब विदेशमा रहेका लाखौं नेपाली युवा हरुलाई स्वदेश फर्किने वातावरण तयार गर्नु पर्छ र युवा हरुले विदेशी भूमि सिकेको ज्ञान सीप लाई देशको विकासमा खर्चिनु पर्छ , जसले हाम्रो देशको आर्थिक अनि सामजिक अवस्थामा सुधार मा गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने मा कुनै दुइमत छैन ।

त्यसै गरी नेपाल को राजनैतिक क्षेत्रमा गोपी , बालेन र हर्क जस्तै मिसन र भिजन भएका व्यक्ति हरु प्रवेश आजको आवश्यकता हो । राजनीति फोहोर खेल हो भन्दै पन्छिने होइन , फोहोर पोखरी मै पसेर सफा गरेर निस्किने आँट गर्नु पर्दछ ।

अब युवा हरुले पूर्व – मेची देखि पश्चिम – महाकाली सम्मका विशाल सेरोफेरो मा फैलिएको नेपाली भूगोलको सुन्दर , सभ्य , सम्मुनत , एबम विकसित मार्ग चित्र तयार गरी कर्णाली , जाजरकोट , मुस्ताङ , लगायत देशका विकट बस्तीहरूमा बसोबास गर्ने आम नागरिकहरुको दुःखान्त कथा र व्यथा लाई समेट्नु सक्नु पर्छ ।

सम्पूर्ण युवा हरुलाई आज म यही मंच बाट यो कुरा अवगत गराउन चाहन्छु की मण्डेला , ओबामा , गान्धी , बुद्ध , गणेश मान , मनमोहन , मदन सबैले आ – आफ्नो युवा अवस्था मा गरेको एतिहासिक कार्यबाट आज विश्व आश्चर्य चकित भएको छ । त्यसैले अब सम्पूर्ण युवा हरुले मुलुकको राजनीतिक, आर्थिक , सामजिक शैक्षिक विकास लगायत हरेक क्षेत्र मा नेतृत्वदायी र हस्तक्षेपकारी भुमिका निर्वाह गर्नु पर्छ ।

विश्व सर्व हाराका महान गुरु मार्क्स ले ” युवा हरु हो जिते संसार छ , बारे केही पनि छैन ” भनेर संसार भरका युवा हरुलाई जित्नका लागि आवहान गरेका थिए । यसै विचार लाई आत्मा सात गर्दै सम्पूर्ण नेपाली युवाहरुलाई संघीयता , लोकतन्त्र र गणतन्त्र लाई अझै स्थापित गर्न र देश विकासको महा अभियान मा हातेमालो गर्न आह्वान गर्द छु ।

उठ युवा उठ अब सुतेर हुदैन मोबाइल चलाइ कोठाभित्र लुकेर हुदैन देश रुपान्तरणमा लाग्नै पर्छ हामी अब मिल्नुपर्छ युवा अब फुटेर हुदैन ।

-राजेश चन्द

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार