स्थानीय तहलाई ८७ अर्ब ३५ करोड, प्रदेशलाई ५८ अर्ब ६७ करोड विनियोजन

स्थानीय तहलाई ८७ अर्ब ३५ करोड, प्रदेशलाई ५८ अर्ब ६७ करोड विनियोजन

काठमाडौं:  अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आधारमा प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन गरेको बताएका छन्। 

सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले प्रदेश र स्थानीय तह गरी जम्मा १ खर्ब, ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको बताए। 

त्यसैगरी सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड स्थानीय तहलाई १ खर्ब ९१ अर्ब, ८९ करोड विनियोजन गरेको बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार