पदाधिकारीहरुले नै गरे अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

पदाधिकारीहरुले नै गरे अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

धनगढीः अत्तरिया उद्योग वाणिज्य संघको कार्यलयमा तालाबन्दी गरिएको छ। उक्त संस्थाका वर्तमान वस्तुगत उपाध्यक्ष कमल कडायत नेतृत्वको व्यापारीहरुको समुहले कार्यालयमा तालाबन्दी गरेको हो।

आफुलाई जानकारी नगराई पदाधिकारीहरुले नै बसेर यकिन गरेका सदस्यहरुको संख्या घटाईएको थाहा पाएपछि आफुहरुले तालाबन्दी गरेको कडायतले बताए।

उनले संख्या एकिन नगरीकनै नयाँ सदस्यहरुको एकलौटी रुपमा टुंगो लगाईएको आरोप लगाए। ‘म आमाको उपचारका लागि बाहिर भएको बेला बैठक बसेको सम्म जानकारी गराईएको थियो, अन्य जानकारी दिईएन’

उनले भने ‘त्यो बैठकमा पहिला पदाधिकारीहरु नै बसेर छनोट गरिएका सदस्यहरुको समेत नाम समाबेश नगरी आफू नजिककाहरुको मात्रै नाम समाबेश गरेर सार्वजनिक गरिएको छ। अध्यक्षको यस्तो हर्कतका विरुद्ध हामीले तालाबन्दी गरेका हौ।’

उनले व्यवसायीहरुले सदस्यताको लागी आवेदन दिएकाहरुलाई पनि सदस्यता नदिएर अधिवेशनबाट बन्चित गर्न खोजिँदा निर्वाचनको मुखैमा तालाबन्दी गर्नुपरेको बताए।  

‘नयाँ सदस्यताका हकमा सही सदस्यहरुको छनौट गरी कर्मचारीले बिल काटेको, फर्मको कार्ड बनाएको र संघको ढड्डामा पनि चढाईसकेको अवस्था छ’ उनले भने ‘तर म बाहिर भएको अवस्थामा बैठक बसिरहेको मात्रै जानकारी गराएर निर्णयहरुबारे जानकारी नै नगराई चोरी हिसाबमा अध्यक्षले सदस्य संख्या घटाउनुभएको छ, यो सरासर गलत हो।’

संघका पुर्व कोषाध्यक्ष गणेश महराले निर्वाचनको मुखमा सदस्यहरुलाइ हतोत्साहित गर्ने काम गरिएको बताए। उनले निर्वाचनमा पराजित हुने डरले बर्तमान कार्यसमितीका केही पदाधिकारी र उम्मेदवारका आकांक्षीहरुले वास्तविक ब्यापारीहरुलाइ छोडेर आफू निकटका व्यक्तिहरुको मात्रै नाम समावेश गरेको आरोप लगाए।

तर यता संघका अध्यक्ष अशोकराज देवकोटाले बैठकको निर्णय अनुसार नै सदस्यहरुको नामावली जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको बताए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार