सुदूर तराईका जिल्लामा लगातार बढ्दो गर्मीले जनजीवन कष्टकर

सुदूर तराईका जिल्लामा लगातार बढ्दो गर्मीले जनजीवन कष्टकर

धनगढी : पछिल्ला केहि दिन यता पश्चिम तराईका कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी संगै लु चलेपछि  जनजीवन प्रभावित बनेको छ । दिन प्रतिदिन गर्मी बढ्दै गएपछि विद्यालय जान आउन कठिन भएको छ भने गर्मीजन्य संक्रमणका बिरामी बढेको चिकित्सकले बताएका छन् । निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने संक्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेको हो ।

केहि दिन यता कैलाली र कञ्चनपुरमा गर्मी बढ्दै गएपछि धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् । सहर बजारमा दिउँसोमा  मानिसहरू जरुरी काम बाहेक  बाहिर निस्केका छैन । कैलाीमा केहि दिन यता ४० डिग्री आसपासमा ताप क्रम रहेको मौसम  विभागले जनाएको  छ । अत्याधिक गर्मी बढेपछि सुदूरपश्चिम प्रदेशको रेफल अस्पतालका रुपमा रहेको सेती प्रादेसिक अस्पतालमा गर्मीजन्य संक्रमणका बिरामी उपचारका लागी आउँने क्रम बढेको छ ।

निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने संक्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेपछि उपचारमा पनि केहि समस्या भएको छ । गर्मी बढ्दा झाडापखाला, अपच, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, ज्वरो, रुघाखोकी, टाइफाइडजस्ता गर्मीजन्य संक्रमणका बिरामी बढेको अस्पतालले जनाएको छ । सेती प्रादेसिक अस्पतालमा विरामी बढेपनि उपचारमा समस्या भएको विरामीको गुनासो छ ।

यसअघि सेती प्रादेसि अस्पतालको ओपीडीमा ५ सय जति विरामी  उपचारका लागि आउने गरेकोमा अहिले दैनिक एक हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । बरामीको संख्या बढ्दै गएपछि त्यसको व्यवस्थापनमा अस्पताललाई हम्मे–हम्मे परेको छ । अस्पतालको ओपीडी सेवामा मानिसको घुइँचो बढे पनि लाइनको व्यवस्थापनमा अस्पताल चुकेको छ । अस्पतालमा बिरामीहरुको राम्रो व्यवस्थापन नहुँदा बिरामी मारमा परेका छन् । तर अस्पतालले धेरै समस्या नभएको दावी गरेको छ ।

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ । यी दुई जिल्लाको लागि विरल घटना हो । शुक्रवार धनगढीको तापक्रम ४० दशमलव ४ डिग्री रहेको हावा पानी फिल्ड कार्यालय, अत्तरियाले जनाएको छ । त्यस्तै आगामी बिहीवारबाट यी दुई जिल्लामा तापक्रम घट्ने प्रक्षेपण छ । बिहीवारबाट भने यी दुई जिल्लामा आंशिक वर्षाको सम्भावना रहेको छ । शुक्रवार मध्यान्ह दुबै जिल्लाको तापक्रम ४० डिग्री नाघेको हो । शनिवारदेखि गर्मी झन् बढ्ने पूर्वानुमान छ । शनिवार कञ्चनपुरको तापक्रम ४१ र कैलालीको ४२ डिग्री पुग्ने छ भने आइतवार दुबै जिल्लाको तापक्रम ४२ डिग्री सेन्टिग्रेड रहनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार