हमालले जोडे धनगढी उपमहानगरका फोहोर बोक्ने गाडीमा जिपिएस, लुना एपबाट यसरी हेर्न सकिन्छ लाइभ

हमालले जोडे धनगढी उपमहानगरका फोहोर बोक्ने गाडीमा जिपिएस, लुना एपबाट यसरी हेर्न सकिन्छ लाइभ

धनगढी : धनगढी उप-महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।

धनगढी उप-महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ ।

फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ”समाजका लागि युवाू संस्थासँगको सहकार्यमा उप-महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् ।

साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने हमालले बताएका छन् ।

लुना एप डाउनलोड गर्न :

https://play.google.com/store/apps/details

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

75%

खुसी

0%

दुःखी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार