शुक्लाफाँटाका वन संरक्षणमा सक्रिय उपभोक्ताले धनगढीको स्वस्तिक अस्पतालमा छुट पाउने

उपचार सेवामा छुट

शुक्लाफाँटाका सम्पूर्ण सामुदायिक वन संरक्षणमा सक्रिय उपभोक्ताहरूले धनगढीको स्वस्तिक अस्पतालमा छुट पाउने

धनगढी : शुक्लाफाँटा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक वन उपभोक्ताहरूले धनगढीको स्वस्तिक अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । आइतबार सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल स्थानीय महासंघ शुक्लाफाँटा र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) धनगढीबिच वन उपभोक्ताको उपचारमा छुट दिने सम्झौता भए सँगै शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक वन उपभोक्ताहरूले छुट सेवा प्राप्त गर्ने भएका हुन् । 

सम्झौता पत्रमा शनिवार अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. का अध्यक्ष महेश राज जोशी र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल स्थानीय महासंघ शुक्लाफाँटाका अध्यक्ष गणेशदत्त भट्ट (जी भट्ट) ले हस्ताक्षर गर्नु भएको हो । 

सम्झौता सँगै आजका मितिबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक वन समूहमा आबद्ध करिब १० हजार घरधुरीका ३० देखी ४० हजार उपभोक्ताहरूले जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, इको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष महेश राज जोशीले जानकारी दिनुभयो ।

यस्तै, छुट प्रदान गर्ने गरी सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल स्थानीय महासंघ शुक्लाफाँटाका अध्यक्ष गणेशदत्त भट्टले उक्त संस्था सँग सम्बन्धित परिचयपत्र प्राप्त उपभोक्ता, पदाधिकारी, कर्मचारी तथा अन्य सदस्य ज्युहरूले उल्लेखित सेवा लिनको लागी शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक वनले प्रदान गरेको उपभोक्ता परिचयपत्र ल्याई बिरामी स्वयम अनिवार्य अस्पतालमा उपस्थित हुनु पर्ने र सामुदायिक वन संरक्षण कार्यमा सक्रिय सहभागिता जनाइरहेको हुनु पर्ने प्रावधान रहेको बताउनुभयो । 

त्यस्तै, सम्झौता पत्रमा हस्ताक्षरका क्रममा सम्बन्धित सक्रिय उपभोक्ता तथा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरीले पहिलो चरणमा शुक्लाफाँटा नगरपालिकाबाट सुरु गरे पनि चाँडै सुदूरपश्चिमका ८८ वटै पालिकाहरू का वन उपभोक्ताहरू लाई उपचारमा छुट दिने गरी सबैको सम्झौता गर्ने प्रतिबद्धता सहित खुसी व्यक्त गर्नु भयो । 

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचनाबाट सेवाहरू प्रदान गरिँदै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार