अन्ततः बालेनले हटाए फेसबुक स्टाटस

मेयर बालेन शाह

काठमाडौं : आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर चेक गरेको भन्दै सिंहदरबार नै जलाउने धम्की दिएर चर्चामा आएका काठमाडौं महानगरपलिकाका मेयर बालेन साहले अन्ततः फेसबुक स्टाटस हटाउनुभएको छ ।

शनिबारको दिन अनुमतिबिना सरकारी गाडीमा सवार श्रीमती सविना काफ्लेलाई कोटेश्वरमा शनिबार साँझ ट्राफिक प्रहरीले सामान्य सोधपुछ गर्दा आक्रोशित भएका मेयर साहले संघीय सरकारलाई चोरको संज्ञा दिँदै अब आइन्दा काठमाडाैं महानगरपालिकाका कुनै सवारीसाधनलाई पक्राउ गरे सिंहदरबारमा नै आगो लगाउने धम्कीसहितको स्टाटस फेसबुकमा पोस्ट भएपछि संघीय सरकारले अधिकारको नाममा जथाभावी लेख्ने र बोल्ने अधिकार कसैलाई पनि नभएको भन्दै सचेत रहन आग्रह गरेको थियो ।

चौतर्फी आलोचना भएपछि मेयर साहले स्टाटस हटाउनुभएको छ भने मेयर साहलाई जथाभावी रूपमा उचाल्ने र साहले गरेको उपद्रोलाई मलजल गर्दै आएको रुटिन अफ नेपाल बन्दसमेत अहिले बन्द भएको छ । सरकारले कारबाही गर्ने धम्की दिएपछि बन्द भएको रुटिन अफ नेपाल बन्दले अर्को नाटक शुरू गर्न लागेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार