चीन र भारतबाट दुई महिनामा साढे ६ करोडको तास आयात

तास

काठमाडौं : नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ ।

सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।

भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार