SKIP THIS

S.P.A  Collage

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा

धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभाको तयारी पूरा भएको छ ।

एक समारोहका बिच बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म ओम प्यालेसमा कार्यक्रम गरिने सहकारीका अध्यक्ष मनमोहन विष्टले जानकारी दिए । उनका अनुसार विगतका वर्ष भन्दा यो वर्ष साधारण सभामा नयाँ अभ्यासको थालनी गरिने छ ।

सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिन लागेको अध्यक्ष विष्टले बताए ।

यस पटक सहकारीका सेयर सदस्यहरू बाहेक अन्य अतिथिहरूलाई भने आमन्त्रण गरिएको छैन । उपस्थित सेयर सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाइने छ । पहिलो उपस्थित सदस्यहरू मध्येबाट ३० जनालाई गोला प्रथाबाट पुरस्कारको व्यवस्था गरिएको छ ।

एक विज्ञप्ति जारी गर्दै सहकारीले समयको बचत सङै सहकारीका सवालबारे सेयर सदस्यहरू सङ बृहत् छलफलका लागि नयाँ सन्देश दिन खोजेको बताइएको छ ।

यस्तो छ सहकारीले जारी गरेको विज्ञप्ति:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार