नेपाली बजारमा अवनिश डिस्टिलरीले ल्यायो ४० युपिको नयाँ ह्विस्कि

नेपाली बजारमा अवनिश डिस्टिलरीले ल्यायो ४० युपिको नयाँ ह्विस्कि

धनगढीः लामो समय देखि २५ युपि र ३० युपिको भोड्का तथा ह्विस्कि उत्पादन गर्दै आइरहेको अवनिश डिस्टिलरी प्रा.लि ले ४० युपिको नयाँ उत्पादन “रेड एण्ड ब्ल्याक ” बजारमा ल्याएको छ ।

यो ४० युपि सेगमेन्टमा नेपाल भरिमा उपलब्ध मध्ये कै उत्कृष्ट मदिरा रहेको कम्पनीका सुदुर पश्चिम प्रतिनिधि हर्क कुवरले जानकारी दिए । कम्पनिले नेपाली बजारमा बन्दिपुर ह्विस्कि, यति भोड्का , गोर्खाज एन्ड गन्स ह्विस्कि राम्रो बिक्रीवितरण गरिरहेको छ ।

ग्राहको चाहना अनुसार नयाँ नयाँ प्रयोग सहितका उत्पादन गर्दैआइरहेको अवनिश डिस्टिलरीले नेपाली बजार मै पहिलो पटक बरबउन ब्यारेल माल्ट प्रयोग गरि “रेड एन्ड ब्ल्याक” उपभोक्ता सामु ल्याएको छ ।

कैलाली जिल्लाका लागि दिनेश कन्सर्न प्रा.लि आधिकारिक बिक्रेता रहेको छ । मदिरा व्यवसायि महासंघका केन्द्रिय सदस्य पुष्कर राज भाट, अवनिश डिस्टिलरीका प्रतिनिधि तथा म.व्य. संघ कैलालीका अध्यक्ष ज्यु सहित अन्य पदाधिकारीहरुले आज मदिरा व्यवसायी संघ कैलालीको कार्यकक्षमा यस ब्रान्डको लन्चिङ गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार