अब इनिग्मा ब्राण्डको विद्युतीय स्कुटर धनगढीमै पाइने 

अब इनिग्मा ब्राण्डको विद्युतीय स्कुटर धनगढीमै पाइने 

कैलाली : कैलालीको धनगढीमा विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको सोरुम संचालनमा आएको छ । धनगढीमा राईजिंग ट्रेडिङ कम्पनी प्रालि काठमान्डौले विद्युतीय इनिग्मा ब्राण्डको भारतिय स्कुटरको शोरुम सञ्ंचालनमा आएको हो ।

देशका मुख्य शहर काठमाण्डौं,दाङ र कोहलपुर हुंदै धनगढी स्थित रहेको नवीन ई–ट्रेडर्स एण्ड सप्लायर्स मार्फत सोरुम संचालनमा ल्याएको हो । कम्पनीले वातावरणमैत्री मोबिलिटी प्रती सचेत उपभोक्तालाई अन्यको तुलनामा निकै सुपथ मुल्यमा विद्युतीय बाहन उपलब्ध गराउने उद्येश्यले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भारतीय कम्पनीको ब्राण्ड भएकाले यसको हरेक पाटपुर्जा सहजै उपलब्ध रहेको कम्पनीका संचालक दिपक कुमार पौडेलले जानकारी गराए  । उनले  अन्य ब्राण्ड भन्दा उपयुक्त र एकपटक चार्ज गरेमा १ सय देखी १ सय २० किलोमिटर चल्ने जानकारी गराए  ।  जसमा लिथियम ब्याट्रि ३ बर्षको ग्यारेन्टि रहेको छ भने, मोटरमा १ बर्षको वारेन्टी रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार