मालाखेती अस्पतालमा एमडी डाक्टर ल्याउने तयारी

मालाखेती अस्पताल
मालाखेती अस्पताल

अत्तरिया : गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले मालाखेती अस्पतालमा एमडी डाक्टर ल्याउने तयारी भइरहेको बताएका छन । २० औं महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हाल कार्यरत एमडीजीपी डाक्टरको कार्यकाल सकिएकाले एमडी डाक्टर ल्याउने तयारी भइरहेको बताएका हुन ।

‘महाकाली अस्पतालमा कार्यरत एमडी डाक्टर ल्याउने तयारी गरिरहेका छौ’ उनले भने ‘कुनै अवस्थामा वहाँ आउन सक्नु भएन भने नगरपालिकाको तर्फबाट भएपनि हामीले एमडी डाक्टर नियुक्त गर्ने छौ ।’

उनले एमडी डाक्टर ल्याउनको लागि बिभिन्न ठाउँमा सम्पर्क गर्ने काम भइरहेको बताए ।

उनले एमडीजीपी डाक्टर हुँदा अस्पतालको सेवामा धेरै सुधार आएकाले अब त्यसलाई निरन्तरता दिन सोही स्तरको डाक्टरको आवश्यकता रहेका बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार