समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय

स्वास्थ्य स्वयंसेविका
स्वास्थ्य स्वयंसेविका

कञ्चनपुर : समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।

नगरप्रमुख ओझाले भने पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ ।

सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगरप्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगरप्रमुख ओझाले बताए ।

२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् । नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही एक / एक लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही पचास / पचास हजार नगरपालिकाले प्रदान गर्नेछ ।

कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगरप्रमुख ओझाले बिदाई गरेका हुन । कार्यक्रममा नगर उपप्रमुख दोपती राना,वडा न.५ का अध्यक्ष टेक पाण्डेय ,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि नगरपालिकाको प्रांगणमा जम्मा भएका नगरभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालयदेखि गुलरिया चौराह र गुलरीया चौराहदेखी नगरपालिकासम्म जनचेतनामूलक र्‍याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित र्‍यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार