धनगढी-१६ मा रहेको भादामा थारु होमस्टेमा महोत्सव हुने

धनगढी-१६ मा रहेको भादामा थारु होमस्टेमा महोत्सव हुने

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।

आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटन व्यवसायमार्फत् थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचार प्रसार पनि हुने बताए ।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङ लगायत आकर्षणको रुपमा रहने छ । सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो । हाल सो गाउँको १९ घरमा घरबास रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार