बिहीबार प्रहरी समाचार बुलेटिन

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढी,०५ पुष :      सवारी दुर्घटनामा मानिसको मृत्यु                                                             

डडेल्धुरा:-जिल्ला डडेल्धुरा,अमरगढी नगरपालिका वडा नं. २ आईतबजारको माथिल्लो मोड स्थित भित्रीसडक खण्डमा बगरकोटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउदै गरेकोसु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप अचानक सडक नालामा पल्टिन गई बुधबार साँझतिर दुर्घटना हुँदा जिपमा सवार ऐ. अमरगढी न.पा.वडा नं.८ बस्ने बर्ष ४० को दान बहादुरओलीकोमृत्यु भएको हो ।

दुर्घटनामा  गम्भिर घाइते भएका उनको डडेल्धुरा अस्पतालडडेल्धुरामा उपचारको क्रममा सोही साँझतिर मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका सोही जिपमा सवार ऐ.नबदुर्गा गा.पा.वडा नं.४ बस्ने बर्ष २७ को दिपेन्द्र बोहराको डडेल्धुरा अस्पतालडडेल्धुरामा उपचार भइरहेको र जिप चालकऐ.नबदुर्गा गा.पा.वडा नं. १ बस्ने बर्ष ३० को दिपकबहादुर बुढाऐरलाई थप उपचारको लागि धनगढी रिफरगरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • अवैंध मदिरा बरामद                                                                           

दार्चुला:-जिल्ला दार्चुला,लेकम गा.पा. ३ ऐरपाली र ऐ.६ रिठाचौपाताबाट अवैध मदिराxxx rum ३७ बोतल,Whisky२३ बोतल,खुकुरी रम-१बोतल, ५२ क्वाटर (भर्जिन,जलजला सौफी र ओरेन्ज ) बुधबार प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय लाली र ईलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिई गएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा उल्लेखित अबैंध मदिरा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

काठमाडौं, ५ पुस : अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोक स्थित होटल डाँफेमुनालबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ५ मिलिग्रामसहित

झापा धुलाबारी नगरपालिका-१० घर भएका ३० वर्षीय सबिन अलीसमेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा अलीको साथबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

            यसैगरी कास्की, पोखरा महानगरपालिका-९ शिवटोल डेरा गरी बस्ने नुवाकोट घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको कोठामा गाँजा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार र बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

            सप्तरी, कंचनरुप नगरपालिका-२ बरमझियास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ३ सय ग्रामसहित उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । हाल फरार उक्त मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । साथै दुर्घटनामा घाइते भएका प्र.२-०२-००२ प ९५२९ नम्बरको मोटरसाइकलमा सवार २ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको छ ।

            सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिद भूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय निजम राई र दाङ राप्ती नगरपालिका-९ बस्ने बिशाल थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

            बर्दिया, राजापुर नगरपालिका-४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् । विष्णु श्रेष्ठको भान्सा कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, ५ पुस

            बुढानिलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास  खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१६ किलो अवैध गाँजा बरामद

उदयपुर, ५ पुस

            ताप्ली गाउँपालिका-२ लेखगाँउस्थित बाटो छेउबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो बुधबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रामपुरझिल्केबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, ५ पुस

            रूकुम पश्चिम, आठबिसकोट नगरपालिका-१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा.१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुदाँ ट्याक्टरमा सवार सोही नगरपालिका-१० नाउला बस्ने ४६ वर्षीय लोक बहादुर शाही समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ९ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, निजगढ नगरपालिका-९ सिंगौल गेटस्थित सडकमा प्र.१- ०५-००१ प ५४९७ नमबर र बा.९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बा.९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र.१ -०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसुती अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बा.९७ प.९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

            डडेल्धुरा, अमरगढी नगरपालिका-२ आईतबजारस्थित सडकमा सु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप सडकको नालामा पल्टिई बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार अमरगढी नगरपालिका-८ बस्ने ४० वर्षीय दान बहादुर ओलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पताल भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि गेटा आँखा अस्पताल धनगढी कैलाली पठाइएको छ ।

            धनुषा, धनुषाधाम नगरपालिका-७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

             सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, ५ पुस

            रूकुम पश्चिम, मुसिकोट नगरपालिका-१० चौखावाङ घर भई सोही नगरपालिका-१ बागबजार डेरा गरी बस्ने ४० वर्षीय फल बहादुर वली सोही नगरपालिका-५ सेरीगाउँस्थित आफन्तको घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

            सुनसरी, कोशी गाउँपालिका-८ स्थित सप्तकोशीको पुर्वी नहरको ७ नम्बर ढोकाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ५ पुस

            झापा, कनकाई नगरपालिका-५ तुलशीबारीस्थित छबिलाल आचार्यको कुखुरा फर्ममा बुधबार राति आगलागी हुँदा १ हजार वटा बोईलर कुखुराका चल्ला,  २ सय ४० केजी कुखुराको दाना, ३ सय केजी मकै, १० मन धान, टिनको टहरो लगायतका सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

            झापा, बिर्तामोड नगरपालिका-८ सुक्रराज टोल बस्ने दुर्गा देबी ढकालको गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ, गलैचा बनाउने ऊन, पराल जलेर करिब करिब ४  लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, नेपालगंजन उपमहानगरपालिका-३ एकलाईनी बस्ने रजनिस सोनीलको आफ्नै घरमा रहेको हर्मन ज्वैलरी पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा पसल आशिंक र अन्य सामन गरी करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

            सुनसरी, भोक्राह नरसिंह गाउँपालिका-३ शिवगंज बस्ने राजेन्द्र यादवको भान्छा घरमा गएराति आगलागी हुँदा उक्त आगो फैलिएर घर नजिकै रहेको गोठमा समेत आगलागी हुँदा नगद ३६ हजार रूपैयाँ, अन्नपात, भाडावर्तन, लत्ताकपडा, चौपाया लगायतका समान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

            कालीकोट, पलाता गाउँपालिका-९ बाख्रे बजार बस्ने सुर्खेत बराहताल गाउँपालिका-४ घर भएका जगत शाहीको सोही ठाउँस्थित पार्किङ गरी राखेको भे.२ प ९०८८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार