सुदूरपश्चिम प्रदेश प्रहरी समाचार बुलेटिन

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढी,०८ पुष । सुदूरपश्चिम प्रदेश प्रहरी समाचार बुलेटिन

  • अबैंध भन्सार छलिका सामान बरामद                                                               

कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ३ ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,३७०।-बराबरको चिनी,प्याज,साबुन,चामल,मसला,खुर्सानी,खानेतेल,साईकल लगायतका सामानहरु शनिबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा  लिएको हो ।

  • लागू औषध सहित मानिस पक्राउ                                                                  

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१८ महाकाली प्रादेशिक अस्पतालको शव गृह नजिकबाट १.२१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र लागू औषध pregabalin Tablet -६ सहित ऐ.७ हल्दुखाल बस्ने १८ बर्षिय किशोरलाई शनिबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सवारी दुर्घटनामा मानिसको मृत्यु                                                                  

कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ ई गाँउ स्थित  स्थित से ५ प ४७७५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिन गई शनिबार राती दुर्घटना हुँदा चालक ऐ. १२ जुगेडा बस्ने बर्ष २८ को पप्पु बहादुर कामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको हो ।  दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ सिसैया स्थित से. १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट जिल्ला बैतडी, दोगडा केदार गाँउपालिका घर भई हाल जिल्ला कञ्चनपुर,बेदकोट न.पा.६ स्थित मामाको घर बस्ने असोक चन्दको छोरा बर्ष ६ को लव चन्दको शनिबार साँझतिर घटनास्थलमै मृत्यु भएको हो । निज बालक घर नजिकै खेलिरहेको अबस्थमा उक्त ट्याक्टरले ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको हो ।  ट्याक्टर र ट्याक्टर चालक ऐ.न.पा.१० नयागाउँ बस्ने बर्ष ४५ को राम बहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार