धनगढीमा टाटा मोटर्सका कर्मचारीले एउटा गाडीको फिचर देखाएर अर्कै गाडी बेच्न खोजेको आरोप

धनगढीमा टाटा मोटर्सका कर्मचारीले एउटा गाडीको फिचर देखाएर अर्कै गाडी बेच्न खोजेको आरोप

धनगढी : धनगढीका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालिका कर्मचारीले ठगी गरेको आरोप लागेको छ । अफर र फिचरको लोभ देखाएर आफूलाई टाटाको मेनेजर बताउने भरत थापाले ठगी गरेको धनगढी उपमहानगरपालिका-१४ स्थित बिआरएस फेन्सी सपका सञ्चालक बिशाल चौधरीले आरोप लगाएका छन् ।

उनले आफुले गाडी किन्न लागेको भन्ने थाहा पाएपछि टाटाका कर्मचारीहरु आफ्नो पसलमै आएको र त्यसबेला उहाँहरुले मैले भनेको मूल्यमा, मैले खोजेका सबै फिचरसहितको गाडी आउँछ भनेको बताए । गाडीका फिचर बारे बुझिसके पछि मात्रै मैले गाडी बुकिङ गरे भएपनि अहिले गाडीमा भनेका फिचरहरु नभएको चौधरीको भनाई छ ।

चौधरीका अनुसार उनलाई सुरुमा टाटा पन्च भनेर देखाइएको गाडी र अहिले ल्याइएको गाडी फरक छ । अहिले ल्याइएको गाडीमा बुकिङ गर्नुभन्दा अगाडि हुन्छ भनिएका फिचरहरु केही छैनन् ।

गाडीको बुकिङ लिनका लागि चौधरीको पसलमै पुगेका टाटाका कर्मचारीले उनलाई उनले खोजेको सबै फिचरसहितको गाडी ३९ लाख पर्ने र डेढ लाख डिस्काउन्ट गरेर ३७ लाख ४९ हजारमा आउने बताएका थिए । तर, हाल टाटाले चौधरीलाई भिडाउन लागेको गाडी टाटा पन्च एड्भेन्चर एमटी हो, जसको नेपाली बजार मूल्य नै टाटाले ३७ लाख ४९ हजार रुपैयाँ तोकेको छ । अर्थात, टाटाका कर्मचारीले चौधरीलाई डेढ लाख डिस्काउन्टको प्रलोभन देखाएको पनि पुष्टि हुन्छ ।

बुकिङअघि भनेको र देखाए अनुसारको गाडी र फिचर नभएपछि सो गाडी लिन चौधरी तयार भएनन् । तर, टाटाका कर्मचारीले भने बुकिङका लागि दिएको ५० हजार पनि फिर्ता नदिने बरु पैसा थपेर अर्कै गाडी लिनुस् भन्दै दादागिरी देखाएको चौधरीको आरोप छ ।

यता आफूलाई टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालिको मेनेजर बताउने भरत नेपालीले भने आफूहरुले बुकिङ लिएकै गाडी डेलिभरी गर्न लागेको दाबी गरेका छन् । उनले बुकिङ लिनुपूर्व चौधरीसँग सम्झौता गरेको, कोटेशन पठाएको समेत दाबी गरेका छन् । तर, उक्त सम्झौता भने उनले उपलब्ध गराएनन् । बरु उल्टै गाडी लिने व्यक्तिले सुरुमा गाडीको बारेमा राम्रोसँग जानकारी नलिएको बताए ।

यता चौधरीले पनि आफूसँग टाटाले बुकिङ अघि कुनै सम्झौता नगरेको बताए । बरु कागजका नाममा बुकिङका लागि भन्दै बुझाएको ५० हजारको रसिद भने दिइएको चौधरीले बताएका छन् ।

घरघरमै पुगेर डिस्काउन्ट र फिचरको लोभमा टाटाका कर्मचारीले भने अनुसारको गाडी नदिँदा मर्कामा परेको चौधरीले गुनासो छ । न टाटा मोटर्सको आधिकारिक बिक्रेता नवदुर्गा टेक्नोलोजी प्रालि, बुकिङको पैसा दिन तयार छ न त बुकिङ अघि हुन्छ भनिएको फिचरसहितको गाडी दिन तयार छ । आफूले खाजेको फिचर र बुकिङ गर्नुअघि ब्रिफिङ गरिएअनुसारको गाडी नआएपछि अहिले चौधरी तनावमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार