राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । उनले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार