पाठेघरको मुखको क्यान्सरबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी

शुक्रबार निधन भएको भनिएकी पुनम पाण्डे जीवितै

काठमाडौं : पुनम पाण्डेका लागि फण्डा नौलो कुरा होइन । सुरुदेखि उनको करिअर फण्डा वरपर घुमिरहेको छ । पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ । फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् ।

आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् । यो धेरैका लागि एकैसाथ अचम्भित पार्ने र रिस उठाउने खबर थियो ।

मृत्युको हल्ला चल्न थालेलगत्तै कतिपयले भने यो फण्डा हुनसक्ने अड्कल काटेका थिए । उनको मृत्यु भएको हो भने शव कहाँ छ भनेर आशंका गरिएको थियो । उनको परिवारका सदस्यको मोबाइल अफ थियो भने कोही सम्पर्कविहीन थिए । यस्तो हुँदा यो कुरा धेरैका लागि रहस्यमय बनिदियो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउन आफूले प्र्यांक गरेको भन्दै शनिबार दिउँसो पुनमले भिडियो सन्देश जारी गरेकी थिइन् । यसलगत्तै बलिउड उनीप्रति आक्रोशित छ ।

अधिवक्ता काशिल खानले उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको आजतकले जनाएको छ । उनकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरुद्ध आइपीसी सेक्सन ४१७, ४२०, १२० बी र ३४ अनुसार कारवाही हुनुपर्ने माग उनले गरेका छन् ।

उनीविरुद्ध सर्वसाधारणको भावनामा चोट पुर्‍याएको र सर्वाइकल क्यान्सरबारे धोखाधडीको आरोप लगाइएको छ । पुनमको यो कार्य सर्वसाधारणलाई धोखा दिने र झुक्याउने अपराधअनुसार कावाही गर्न उजुरीमा माग गरिएको छ ।

भारतीय सिनेवर्कस् एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ । ‘आफ्नो फाइदाका लागि सर्वाइकल क्यान्सरबारे भ्रम फैलाउनु अस्वीकार्य हुन्छ,’ संस्थाले उजुरीमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार