प्रियंकाले गरिन् मनोरञ्जन पार्क ‘उप्स’ को उद्घाटन

प्रियंकाले गरिन् मनोरञ्जन पार्क 'उप्स' को उद्घाटन

अभिनेत्री प्रियंका कार्कीले मनोरञ्जन पार्क ‘उप्स’ को उद्घाटन गरेकी छन्। धुम्बाराहीस्थित करिब १ महिनाअघि सञ्चालनमा आएको पार्कको सोमबार औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बच्चादेखि वृद्धसम्मले खेलको मनोरञ्जन लिन सक्ने बताइएको छ। कार्यक्रममा बोल्दै प्रियंकाले भनिन् ‘परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरू एकै ठाउँमा पाएँ। ठूलो ठाउँ भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनुहुनेछ।’ 

यस पार्कमा आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत खेलको मनोरञ्जन लिन सकिनेछ। सस्तो मूल्यमा धेरै प्रकारका खेल एकै ठाउँमा खेलाउनु यस पार्कको उद्देश्य रहेको बताइएको छ।  

उद्घाटन कार्यक्रममा प्रियंका कार्की, गायिका इन्दिरा जोशीलगायत उपस्थित थिए। भारतमा ‘स्तिथ होप उप’ भनिने फनपार्कको सहयोगमा यो पार्क सञ्चालनमा आएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार