अत्तरियामा अच्चम: नक्कली ठेली प्रकरणमा मुछिए वर्तमान र निवर्तमान अध्यक्ष, दुवैको नाममा पक्राउ पुर्जी जारी

अत्तरिया उद्योग वाणिज्य संघ

धनगढी: कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा थप दुई जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निबर्तमान अध्यक्ष असोकराज देबकोटाको नाममा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार दुबै जनाका नाममा पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजी शुरु भएको हो ।

यसअघि अत्तरियामा आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली प्रकरणमा संघकै महासिचव, सचिव, कार्यसमिति सदस्य दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका स्ववियु सभापति गरी चार जनाको नाममा पक्राउ पुर्जी जारी भएर अहिले उनीहरु प्रहरी हिरासतमा छन्।

उनीहरु चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देबेन्द्रबहादुर पालले बताए। तर उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरा र निवर्तमान अध्यक्ष अशोकराज देवकोटाको पक्राउ पुर्जीको विषयमा एसपी पालले खुलाउन चाहेका छैनन्।

एसपी पालले वर्तमान अध्यक्ष र निर्वतमान अध्यक्ष पक्राउ पुर्जी जारीको विषयमा भने आफुलाई जानकारी नभएको बताउँदै अन्य पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए।

संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, कार्यसमिति सदस्य बमबहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्ववियु सभापति भुवन महरा अहिले प्रहरी हिरासतमै रहेका हुन्। उनिहरु माथी प्रहरीले अनुसन्धान गरिरहेको छ।

केही समय अघि सम्पन्न प्रादेशिक महोत्सवमा नक्कली ठेली भेटिएपछि संघको उजुरीको आधारमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार